काठमाडौं । अपराधीकै पक्ष लिएर सत्ता टिकाउने प्रधानमन्त्री केपी शर्मा ओलीले सहकारी ठगी काण्डमा गरेको व्यवहारले धेरैतिर संकट पार्दैछ । एमाले कानूनभन्दा माथि छ । एमालेलाई कानून लाग्दैन । किनकि सार्वजनिक लेखा समिति एमालले नैतिक रुपमा छाड्नपथ्र्याे । तर छोड्न किनकि वाइडवडी प्रकरण, गिरीबन्धु प्रकरण, जलारी काण्ड, बतास काण्ड, थामसेकु र ओम्नी काण्डमा त एमाले जोडिएकै छ ।
प्रधानमन्त्रीले दीपक मनांगे, रेखा शर्मा, ऋषि पोखरेललाई जोगाउँदा लोसपाका अभिराम शर्मा, कांग्रेसका बादशाह कुर्मी, धनबहादुर केसी, राप्रपाका जानकी यादव र स्वतन्त्र निर्वाचित अनिरुद्रप्रसाद सिंहमाथिको कारवाहीमा राज्यको तर्फबाट केही बोलेनन् । प्रधानमन्त्रीले आफैंले उचालेको रवि लामिछाने सहकारीमा फस्दा बोलेका कुरा राजनीति थिएन ।
ओली सरकार जनताका लागि भार भएको छ भने दलगत रुपमा अपराधीको संरक्षक । वामपन्थी शक्तिमा भएको क्षयीकरणले मुलुकमा लोकतन्त्र अफाप बनाउनेलाई नै सघाउने हो । व्यवस्था देखाएर आफु हजम गर्ने एजेण्डामा प्रधानमन्त्री लागेको कुरा छर्लंग भएको छ ।