काठमाडौं । राष्ट्रिय सभाले तिलगंगा नेत्र विश्वविद्यालय विधेयक पारित प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।
राष्ट्रिय सभाको दिउँसो सवा १ बजे बस्ने बैठकमा शिक्षा विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले तिलगंगा नेत्र विश्वविद्यालय विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।
राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकलाई दफावार छलफल गर्न विधायन व्यवस्थापन विधेयकमा पठाउने विषय पनि कार्यसूचीमा राखिएको छ । सोमबार नै सभामा बैंकिङ कसुर तथा सजाय विधेयक सम्बन्धी विधायन व्यवस्थापन समितिको प्रतिवेदन सभा समक्ष प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

