यौन व्यवसाय सम्बन्धी अभिव्यक्तिमा कांग्रेस सचेतक घिमिरेको माफी

राजनीति समाचार

काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले नेपालमा यौन व्यवसाय खुला गर्नुपर्छ भन्ने अभिव्यक्तिप्रति क्षमा याचना मागेका छन् ।

बुधवार बसेको प्रतिनिधिसभा बैठकमा घिमिरेले आफ्नो अभिव्यक्तिले पर्न गएको नकारात्मक असरप्रति क्षमा याचना मागेका हुन् । उनले आफूले चैत ३ गतेको प्रतिनिधिसभा बैठकमा नेपालमा यौन व्यवसाय खुला गर्नुपर्ने अभिव्यक्ति दिएका थिए । सोही अभिव्यक्तिप्रति बुधवारको बैठकमा घिमिरेले पार्टी र संसदीय दलको आधिकारिक धारणा नभएको पनि बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *