प्रेस चौतारी र प्रेस सेन्टरलाई अधिवेशनको रन्को

राजनीति समाचार

काठमाडौं । प्रेस चौतारीले सदस्यता नवीकरण र लेवीको विषय अधिवेशनको मुखमा उठाएपछि प्रेस सेन्टरमा कार्यकर्ता,जिल्ला र प्रदेशमा अन्योल खडा गरेको छ । चैतको अन्तिम साता काठमाडौँमा आयोजना हुने पाँचौं महाधिवेशनलाई सेन्टरले सफल बनाउनको लागि प्रत्येक प्रदेशलाई एक लाख रुपैयाँ तोकेको छ । यसैबेला सदस्यता नवीकरणको लागि ढ्याङ्ग्रो ठटाएर सदस्यता बनाउन लागेको छ । संगठन चुस्त बनाउने भन्दै गर्दा यो अवधिमा बितेको वर्षमा सेन्टरको काम के भयो प्रश्नको जवाफ दिन सकेको छैन ।

सेन्टरले केन्द्रीय तहमा नेतृत्व छनांैट गर्न सर्वसम्मत गर्ने भन्दै छ । सेन्टरले पत्रकार महासंघको चुनावमा स्थानीय संगठनलाई पूर्ण जिम्मेवारी दिँदा हस्तक्षेप गरेनन् । केन्द्रमा आफ्ना उम्मेदवारहरू विरुद्ध बागी उठेकाहरुलाई समयमा कारबाही पनि गर्न सकेन ।
लेखनाथ न्यौपानेविरुद्ध जन्मदेव जैसी महासचिवको उम्मेदवार बन्दा सेन्टरको मोर्चा पराजित भयो । वरिष्ठ उपाध्यक्ष रोशन पुरीविरुद्ध मोर्चाकै गोविन्द चौलागाईंले बागी उम्मेदवार बनेर कांग्रेसका उम्मेदवारहरूलाई गुण लगाए ।

चुनावी ट्याक्टिस मिलाउन नसकेको सेन्टर नेतृत्वमा संस्थापक नेता महेश्वर दाहाल हावी भए । दाहाल जन्मदेवको पक्षमा खुले भने रोशनकाविरुद्ध समाजवादी प्रेसका गोविन्द चौलागाईंको पौरखी स्वभावले आगामी दिन विचार गर्नुपर्ने अवस्था आयो चौतारी पनि अधिवेशनको रन्कोले शिथिल छ ।

सेन्टर आफैँ सक्षम छैन । एक्लो प्रयासले उपत्यका बागमती प्रदेश जस्ता ठाउँमा सेन्टरले आफ्नो मोर्चा सफल बनाउन सक्दैन । यस्तो संगठनले पाँचौं अधिवेशन तयारीमा लाग्दा एकैपटक जिल्ला र प्रदेशमा आर्थिक भार थपिदिएको छ । सेन्टरको नेतृत्वले सर्वसम्मत अनुहार छान्न सक्रिय छ । हरेक प्रदेशलाई एक सचिव चार सदस्य दिएको छ ।

केन्द्रको अध्यक्षका आकांक्षीहरू कमल गिरी, निर्मल ज्ञवाली, लक्ष्मण खड्का, सन्तोष न्यौपाने जोभएपनि सर्वसम्मत बनाउन पार्टीले दबाब दिएको छ । कसैले कसैलाई विश्वास नगरी चुनावबाट नेतृत्व छान्ने भनिएको छ । तर टिम बनाएर निर्वाचन लड्न नदिने निर्णय पनि गरेको छ । झोलामा संगठन लिएर तीन कार्यकाल बिताएको सेन्टरले चौथो महाधिवेशनबाट व्यवस्थित कार्यालय बनाए । तर नवीकरणको ढ्याङग्रो अधिवेशनमा ल्याएर रमिता देखाउँदा अपरिपक्वताको झल्को दिएको छ । चौतारीमा कसले नेतृत्व हत्याउँछ भन्ने कुरा सार्वजनिक भएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *