चीन सरकारले चार क्यानेडियालीलाई सुनायो मृत्युदण्डको सजाय

विविध समाचार

काठमाडौं । लागूऔषध सम्बन्धी ओसारपोसार गरेको आरोपमा चीनले चार क्यानेडियालीहरूलाई मृत्युदण्डको सजाय सुनाएको छ ।

खबरहरूका अनुसार क्यानडास्थित चिनियाँ दूतावासका प्रवक्ताले क्यानाडाली नागरिकहरूले गरेका अपराधहरूको प्रमाण ठोस र पर्याप्त रहेको बताउँदै यो खबरको पुष्टि गरेका हुन् । उनीहरूको परिवारको अनुरोधमा उनीहरूको पहिचान गोप्य राखिएको क्यानडाका विदेशमन्त्री मेलानी जोलीले बुधबार पत्रकारहरूलाई बताएकी छिन् । सजाय पाउने सबैसँग दोहोरो नागरिकता थियो ।

विदेशमन्त्रीले यसलाई आधारभूत मानवीय मर्यादाको अपमानको रूपमा निन्दा गर्दै सजाय पाउने सबैसँग दोहोरो नागरिकता रहेको समेत उल्लेख गरेकी छिन् । चीनले सम्बन्धित क्यानेडियाली नागरिकहरूको अधिकार र हितको पूर्ण ग्यारेन्टी गरेको चिनियाँ दूतावासले बताएको छ । चिनियाँ प्रवक्ताले क्यानडा सरकारलाई चीनको न्यायिक सार्वभौमसत्ताको सम्मान गर्न आग्रह गर्दै व्यक्तिगत रुपमा दयाको लागि पनि अपिल गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *