काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग माल्दोभाका उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री मिहेल पोप्सोइले भेटवार्ता गरेका छन् ।
बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री शर्मासँग उनले शिष्टाचार भेटवार्ता गरेका हुन् । भेटमा दुुईपक्षीय सम्बन्ध र हितका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । उनीहरुबीच जलवायु परिवर्तन, शिक्षा, संस्कृति र व्यपारिक सम्बन्ध विस्तारका क्षेत्रमा सहकार्य गर्ने विषयमा छलफल भएको बताइएको छ ।
प्रधानमन्त्री ओलीले हिमालदेखि समुुद्रसम्मको सुरक्षालाई केन्द्रमा राखेर जलवायु परिवर्तनका मुद्धामा नेपालले आगामी जेठ २ देखि ४ गतेसम्म काठमाडौंमा सगरमाथा संवाद कार्यक्रम गर्न लागेको र त्यसमा सहभागिताका लागि आग्रह समेत गरेको सचिवालयले जनाएको छ ।

