घिसिङ विरुद्धको रिट न्यायाधीश कुमार र ढुङ्गानाको संयुक्त इजलासमा

प्रशासन समाचार

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ विरुद्धको मुद्दा दर्ताको पेसी आज तोकिएको छ ।

हितेन्द्रदेव शाक्यले दर्ता गराएको यसअघि माघ ७ गते पेसी तोकिएको भएपनि स्थगित हुँदा रिटको अन्तिम सुनुवाइमा न्यायाधीश कुमार रेग्मी र टेकप्रसाद ढुङ्गानाको संयुक्त इजलासले आज पेसी तोकेको हो । सरकारले २०७८ साउन २४ मा विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक रहेका शाक्यलाई हटाउँदै कुलमान घिसिङलाई नियुक्ति सिफारिस गरेको थियो। चार वर्षका लागि दिइएको नियुक्ति समय नपुग्दै हटाएपछि उनले न्यायिक पुनरावलोकनका लागि सर्वोच्चको बाटो रोजेका थिए ।

त्यसैको आधारमा सर्वोच्चले आज सुनुवाइ गरी फैसला गरेमा कुलमानको दोस्रो पटक भएको नियुक्तिको संवैधानिकताबारे उल्लेख गर्ने भएको छ । तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले शाक्यलाई २७ माघ २०७७ मा चार वर्षका लागि प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गरेको थियो । तर, ओली सरकार ढलेर पुष्पकमल दाहालको नेतृत्वमा नयाँ सरकार बने लगत्तै शाक्यलाई हटाएर घिसिङलाई नियुक्ति दिइएको थियो । सरकारले २०७८ साउन २४ मा विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक रहेका शाक्यलाई हटाउँदै कुलमान घिसिङलाई नियुक्ति सिफारिस गरेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *