राष्ट्र बैंकको गर्भनरमा बिचौलियाहरुको च्याँखे दाउ

अर्थ/वाणिज्य समाचार

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको कार्यकाल सकिन लागेको छ । अब विचौलियाहरुको जोडबल छ त्यहाँ आफ्नो मान्छेलाई फिट गराउनु । नेपाल राष्ट्र बैंकको गभर्नर बन्नका लागि एक दर्जनभन्ष्दा माथिले गर्भनरमा दावेदार गरेका छन् ।

पूर्वप्रशासक राष्ट्र बैंकका क्याडर, बैंकका सीईओ, पूर्वपत्रकारदेखि मौद्रिक अर्थशास्त्रका जानकारदेखि योजनाविद् तथा विकास अर्थतन्त्र बुझेका २ दर्जन बढी आकांक्षी छन् ।

जसमध्ये झापाली र पहिलो महिला डेपुटी हुँदै महिला गभर्नरको रुपमा नाम लेखाउने गरी शक्तिकेन्द्रको दौडमा छिन्, नीलम ढुंगाना तिम्सिना,यस्तै नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रसमेत केपी ओलीका छिमेकी समेत हुन्, उनले समेत सभामुख मार्फत गभर्नर बन्न जोड गरिरहेका छन् ।

यसका अलवा राष्ट्र बैंकका कार्यकारी निर्देशक डा.प्रकाश कुमार श्रेष्ठ,राष्ट्र बैंकका कार्यकारी निर्देशक डा.गुणाकर भट्टका अलवा पूर्व मुख्य सचिव राजेन्द्र किशोर क्षेत्री,सुशील भट्टमात्र होइनन् अहिले नविल बैंकका सिइओ रहेका ज्ञानेन्द्र ढुंगाना,प्रभु बैंकको प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन मध्ये बिचौलियाहरुले राष्ट्र बैंकको गर्भनरमा च्याखे थापेका छन् ।यिनै विचौलियाहरुले राष्ट्र बैंकको गभर्नर बन्न पहल गरिरहेका छन् । एक पछि अर्काे न्यायामुख निकाय तिनै व्यापारी र विचौलियाको पकडमा पुग्ने स्थिति आइरहेको विज्ञहरुको टिप्पणी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *