काठमाडौं । विधानमा छैन, मतका आधारमा वरिष्ठ नेता बनाउने ठाउँ नहुँदा नै नेपाली कांग्रेसमा उपसभापति पूर्णबहादुर खड्का र डा.शेखरका बीचमा प्रतिस्पर्धा छताछुल्ल हुँदैछ । कांग्रेसले विराटनगर पोखरा र रूपन्देहीमा एकै प्रकारका कार्यक्रम आयोजना ग¥यो । तर वरियताका विषय सभापतिले टुङ्गो लगाउन नसक्दा शेखर पोखरामा सहभागी भए,तर अन्यत्र गएनन् ।
सँगै चुनाव लडेर जितेको भोलिपल्टबाट एमालेका भ्रष्ट नेता ईश्वर पोखरेलझैँ माओवादीविरुद्ध खनिएका डा.शेखरलाई अहिले मोरङ क्षेत्र नम्बर ४ ले निकै पिरलेको छ । किनकि त्यो क्षेत्रमा माओवादीका १२ हजार मत छन् । त्यही मतले उनी २०८० को चुनाव जितेका हुन् । तर उनले माओवादी भन्दा नेकपा एमाले र कांग्रेसको सरकार बन्दा सुन फल्छ झैँ गरे ।
जब उनका दुई मन्त्री प्रदिप पौडेल र रामनाथ अधिकारीले सरकारमा एमालेकरण भएको बताए । तब डा. शेखर ब्युझिएका छन् । उनी सरकारको बचाउमा छैनन् । भ्रष्टाचार र व्यथितिले भरिएको ओली सरकारको पक्षमा पार्टी संस्थापन लागेपनि महामन्त्री गगन थापा, अर्का महामन्त्री विश्व प्रकाश शर्माले सरकारको काध थाप्न छाडेका छन् ।
डा. शशांक कोइरालाको बदनाम गर्दै १५औं महाधिवेशनमा सभापति पद जिताउन सय करोड जम्मा गर्ने खेलमा लागेका ऊर्जामन्त्री दीपक खड्काको कारणले पनि सरकारमा कांग्र्रेस बदनाम छ । पदीय भारको खड्कोमा परेको कांग्रेसमा आन्तरिक तयारी छैन । तर सभापति पदको दाबी गर्ने बैगुनी व्यवहारका डा. शेखरहरूलाई भत्केको दुर्गन्धमा फसेको कांग्रेस सुधार्ने भन्दै वरियताको रमझमले पिरलेको छ ।

