सिंहदरबारभित्र सर्भिस सेन्टको क्यान्टिनमा छापा

राजनीति समाचार

काठमाडौं । सिंहदरबारभित्र खोलिएका अधिकांश क्यान्टिनहरु सरकारले बन्द गरेको छ । प्रधानमन्त्री कार्यालय, अर्थमन्त्रालय, पूर्वधार विकास मन्त्रालय, भूमि, सहकारी तथा संघीय मामिला मन्त्रालय, पर्यटन नागरिक उड्डयन मन्त्रालयलगायतका क्यान्टिनहरु हटाइसकिएको छ । नेपाली कांग्रेस संसदीय दल, वन मन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, सार्वजनिक प्रसारण सेवा र सर्भिस सेन्टरमा रहेका क्यान्टिनहरु सञ्चालनमा रहेका थिए ।

अन्य मन्त्रालय परिसरका क्यान्टिनहरु बन्द भएपछि सर्भिस सेन्टरमा रहेको क्यान्टिममा भीड बढेको थियो । भीड बढेपछि खाना र खाजा खाने कर्मचारीहरुले घन्टौं कुर्नुपर्ने अवस्था थियो । ग्राहकको भीड बढेपछि सरसफाइमा कमी र खानामा गुणस्तर नभएको भन्दै वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले गत जेठ २९ गते छापामारी क्यान्टिन नै बन्द गरिदिएको छ । त्यसले गर्दा बाहिरबाट कामविशेषले जाने सर्वसाधारण पनि चिया, खाजा खान बञ्चित भएका छन् । कर्मचारीहरुलाई पनि खाजा र खानामा समस्या पर्ने भएको छ भने ती क्यान्टिनमा कार्यरत हज्जारौंको रोजीरोटी खोलिएको छ ।

उता, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय परिसरमा रहेको क्यान्टिन भने बन्द गरिएको छैन । सरकारले नियम लगाउँदा सबैलाई लगानुपर्ने थियो, यदि होइन भने सिंहदरबारस्थित अन्य मन्त्रालयका क्यान्टिन बन्द गर्दा सार्वजनिक प्रशारण सेवा, वन मन्त्रालय र उद्योग वाणिज्य तथा आपूर्तिमन्त्रालयको क्यान्टिन किन बन्द गरिएको छैन भन्ने प्रश्न उठिरहेको छ ।

उता, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक रोशन ज्ञवालीलाई सरुवा गरेर गण्डकी प्रदेश पठाइएको छ भने विभागको महानिर्देशक पद रिक्त रहेको छ । त्यसैगरी कम्पनी रजिष्ट्रारका रजिष्ट्रारलाई पनि सरुवा गरिएको छ भने उद्योग विभागका महानिर्देशकलाई सरुवा गरिएको छैन । कम्पनी र उद्योगी विभागमा पछिल्लो समय व्यवसायीहरुलाई हत्तोसाही बनाएपछि उद्योग र कम्पनीका काम अलपत्र परिराखेका छन् । सरकारले सुधारको नाममा विभिन्न हतखण्डा मच्चाएपछि उद्योगी, व्यवसायीको व्यापार ठप्प भएको छ भने मजदूरहरुको रोजीरोटी खोसिने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *