काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चेतनाको कमीका कारण अवैध तरिकाले अमेरिका पुगेर फर्कीनु अवस्था सिर्जना हुनु राम्रो नभएको बताएका छन् ।
बिहीबार प्रतिनिधिसभा बैठकमा ‘प्रधानमन्त्रीसँग प्रश्नोत्तर’ कार्यक्रममा उठेका प्रश्नहरूको जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । ठूलै संख्यामा ऋण काढेर अवैध तरिकाले बाहिर जाने काम भैरहेको र निष्कासन भएर आउनु उचित नभएको बताएका छन् । देशमा बाँझो खेतको संख्या उल्लेखनीय रुपमा बढ्दै गइरहेको छ , जहाँ खेत छ त्यहाँ उत्पादन गर्नपर्ने ठाउँमा यसरी हुट्हुटीएर ज्यानको जोखि मोलेर बाहिर जानु र निष्कासन भएर आउनु चेतनाको कमी भएकोले यसलाई वृद्धि गर्नु आवश्यक रहेको प्रधानमन्त्री ओलीले बताएका छन् ।

