कोलम्बिया, उरुग्वे र पाराग्वे विश्वकपमा छनोट

खेलकुद समाचार

काठमाडौं । सन् २०२६ को विश्वकपमा कोलम्बिया, उरुग्वे र पराग्वे छनोट भएका छन्।

बिहीबारको दक्षिण अमेरिकी छनोट खेलबाट तीन देश छनोट भएका हुन्। छनोट अघिको अन्तिम खेलमा उरुग्वे र कोलम्बियाले ३–० को जित निकाल्दा पराग्वेले गोलरहित बराबरी खेलेको हो। विश्वकप छनोटमा अर्जेन्टिना, ब्राजिल र इक्वेडर यसअघि नै छनोट भइसकेका छन्। पेरु भने विश्वकपको दौडबाट बाहिरिएको छ। गएरातिको खेलमा उरुग्वेसँग पराजित भएसँगै विश्वकपबाट बाहिरिएको हो।

गएरातिको खेलमा कोलम्बियाले बोलिभियाविरुद्ध जित निकाल्दै विश्वकपमा स्थान बनाएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *