निजामति कर्मचारीमा दाजु भन्दा भाई जेठो कसले गर्ने कारवाही

राजनीति समाचार

काठमाडौं । तपाई पत्याउनुहुन्छ, दाइ भन्दा भाइ जेठो ? त्यो पनि निजामती सेवाभित्रै यस्तो भेटिएको हो । नेपाली प्रशासनमा चिनिएका उमेश र गोपी मैनालीका भाइ नारायण मैनाली । नयाँ सरकार आएसँगै जो सरुवामा परेर शहरी विकास मन्त्रालयबाट प्रदेशतिर पुगेका छन् । नारायण मैनाली यसअघि पनि सहरी विकास मन्त्रालयमा काम गरीसकेका थिए । सिता गुरुङ सहरी विकास मन्त्री हुँदा मन्त्रीको नीजि सचिव भइ मैनाली सहरी पुगेका थिए । सहसचिवमा बढुवा भए पछि उनी पुन सहरीमै फर्किएका थिए । उनी आफ्नै सहोदार भाइ रामप्रसाद मैनालीले सरकारी सेवाबाट अवकाश पाएको लामो समय भइसकेको छ तर दाजु अझैं ५८ बर्ष पुगेका छैनन् भन्दै जागिर खाइरहेका छन् ।

नारायणले नागरिकता र प्रमाणपत्रमा जन्ममिति बास्तविक उमेरसँग उनले झण्डै पाँच बर्ष उमेर घटाइ, त्यस अनुसार किर्ते काम गरी नागरिकता र प्रमाणपत्रमा उमेर राखेको पाइएको छ । यस सम्बन्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत छानबिन गरीरहेको पाइएको छ । स्रोतका अनुसार, नारायणभन्दा पछाडि जन्मिएको दाबी गर्दै आएका रामप्रसाद मैनाली ५८ वर्ष पूरा भएर डेढ महिनापछि (२०८३ जेठ १८) गतेदेखि अर्थात सोमबारदेखि अनिवार्य अवकाशमा गएका छन् । दाइ नारायण भने ०८४ साल कार्तिक १० गते मात्र ५८ वर्ष पूरा भएर अनिवार्य अवकाशमा जाँदैछन् ।

नागरिकताको उमेर अनुसार अर्थ मन्त्रालय अन्तर्गत रहेको सार्वजनिक वित्त व्यवस्थापन तालिम केन्द्रका वरिष्ठ प्रशिक्षक एवं गुनासो सुन्ने अधिकारी रामप्रसाद मैनाली अवकाशमा जाँदा दाइ ५८ बर्ष पुगेका छैनन् भन्दै बागमती प्रलेशमा जागिर खाँदै छन् । आगामी ०८४ कार्तिक १० गते मात्र ५८ वर्ष पूरा भएर अनिवार्य अवकाशमा जाँदैछन् । भाइ २०२५ साल जेठ १८ गते जन्मिएका र दाइको जन्ममिति २०२६ साल कार्तिक १० रहेको भेटिन्छ ।

उसो त रामप्रसादको हातमा बेलायती पिआर रहेको चर्चा सुनिन्छ । यसरी गोपी र उमेशका दाजुभाईको न्वारान गर्ने जिम्मेवारी समेत बालेन सरकारको काँधमा आइलागेको छ । २०२५ साल जेठ १८ गते जन्मिएका डा. मैनाली २०६७ माघमा राजस्वका उपसचिवमा बढुवा भएका थिए । २ वर्ष अगाडि नै सहसचिव भइसक्नु पर्ने मैनाली उपसचिवमै घर गएका गएका छन् । सरकारलाई जानकारी नै नदिई १ वर्ष १ महिना बढी लापत्ता भएका मैनालीको जबर्जस्ती रुपमा जागिर जोगाएको थियो ।

१ वर्ष १ महिना बढी लापत्ता भएका मैनालीलाई २०७० सालतिरै सेवाबाट हटाउनु पर्ने भएता पनि उनी प्रशासनिक शक्तिका आडमा जोगाइएका कर्मचारी हुन । ३ वर्ष असाधारण विदा सकेर मैनाली २०६९ साल चैत १६ गदेखि २०७१ साल बैशाख १६ गतेसम्म १३ महिना सरकारलाई जानकारी नै नदिई बेलायततिर बसेका थिए । विदा स्वीकृत नगराई ९० दिनसम्म लगातार कार्यालयमा उपस्थित नहुने कर्मचारीलाई सेवाबाट बर्खास्त गर्नुपर्नेमा सेटिङमा आधारमा जागिर जोगाउने कार्य भएको पाइन्छ ।

अहिलेका संघीय सचिव चन्द्रकला पौडेलले समेत बर्षदिनभन्दा लामो समयदेखि गैरहाजिरीमा रहेका सहसचिव नरेन्द्रकुमार रानालाई जोगाउन खुबै जोडबल गरिरहेकी छिन् । उनलाई जोगाउन प्रधानमन्त्री कार्यालयकै सचिवलायको प्रयोग भइरहेको सामान्य प्रशासन स्रोतले जनाएको छ ।
००

Leave a Reply

Your email address will not be published. Required fields are marked *