माथिल्लो अरुण जलविद्युत् आयोजनाको निर्माण सुरु

अर्थ/वाणिज्य विविध समाचार

काठमाडौं । भोटखोला गाउँपालिकाको माथिल्लो अरुण जलविद्युत् आयोजनाको बाँधस्थलसम्म पुग्ने २१ किलोमिटर पहुँचमार्ग निर्माण सुरु भएको छ ।

एक हजार ६३ मेगावाट क्षमताको जलविद्युत् आयोजना निर्माणको लागि चार सय १३ रोपनी जग्गा अधिग्रहण गरेर दुई हजार एक सय रुख कटान भइसकेको आयोजनाले जानकारी दिएको हो ।

भोटखोला गाउँपालिका–२ र ४ नम्बर वडाका राष्ट्रिय वन र सामुदायिक वनका रुख कटानका लागि रु १३ करोड ६५ लाख राजस्व वन विभागमा भुक्तानी भइसकेको छ । आयोजनाले बिरुवा रोप्न, हुर्काउन र बढाउन रु १३ करोड ६५ लाख वन विभागलाई समेत भुक्तानी गरिसकेको जनाएको छ ।

पहुँचमार्गमा पर्ने अरुण नदी र चेपुवामा पक्की पुलसमेत निर्माण गरिनेछ । भोटखोला गाउँपालिका–४ छोराङदेखि भोटखोला–२ रुकुमा फेदीसम्म मार्ग निर्माण हुनेछ । पहुँचमार्ग निर्माण गर्न सात अर्ब ९१ करोड ३९ लाख रुपैयाँ विनियोजन गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *