काठमाडौं । त्रिभुवन विश्वविद्यालय स्वतन्त्र विद्यार्थी युनियन -स्ववियुको निर्वाचन प्रक्रिया आजदेखि सुरु भएको छ। चैत ५ गते हुन गइरहेको स्ववियु निर्वाचनको कार्यतालिका आजदेखि सुरु भएको हो।
निर्वाचन हुने क्याम्पसहरूमा दर्ता गरिनुको साथै संघ, संगठन र समूह दर्ताको कार्यक्रम पनि आजै राखिने भएकोले संघ,संगठन समूहको लेटरप्याडमा निवेदन पेस गर्नुपर्ने छ । आधिकारिक हस्ताक्षर प्रयोग गर्ने दुई जना विद्यार्थीको परिचय पत्र पेस गर्नुको साथै नमुना हस्ताक्षर सहित आफ्नो संघ,संगठ, समिति र कमिटीको नामावली उल्लेख गरि अध्यक्ष,सभापति,संयोजक र प्रमुखको पत्र सहित नाम र फोन नम्बर समेत अनिवार्य पेस गर्नुपर्नेछ ।
समूह दर्ता गर्ने भएमा संयोजक सहित ११ जनाको नाम र विद्यार्थी परिचयपत्रको प्रतिलिपि अनिवार्य बुझाउनुपर्नेछ ।