केपी ओली कपको फाइनलमा आर्मी र मछिन्द्र भिड्दै

खेलकुद समाचार

काठमाडौं । केपी ओली कपको आज फाइनल खेल हुँदै छ ।

दशरथ रंगशालामा साँझ ५ बजेदेखि हुने फाइनलमा त्रिभुवन आर्मी क्लब र मछिन्द्र क्लब उपाधिका लागि भिड्दै छन् । मछिन्द्र क्लबले शनिबार सम्पन्न दोस्रो सेमिफाइनलमा आयोजक केपी ओली एफसीलाई ४–० गोल अन्तरले पराजित गर्दै फाइनलमा पुगेको हो ।

त्यस्तै शुक्रबार सम्पन्न पहिलो सेमिफाइनलमा त्रिभुवन आर्मी क्लबले संकटा क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दै फाइनलमा पुगेको हो । फाइनल खेलमा विशेष अतिथिको रुपमा इटालियन फुटबलका लिजेण्ड गोलकिपर गियानलुइगी बुफोन आइतबार नै काठमाडौं आइपुगेका छन् । आजको फाइनलमा बुफोनको विशेष उपस्थिति हुने भएको छ । फाइनल खेलअघि दशरथ रंगशालामा सांगेतिक प्रस्तुति समेत हुने आयोजक राष्ट्रिय युवा संघ नेपालले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *