काठमाडौं । चुच्चे नक्सामा समेटिएको लिपुलेक, कालापानी र लिम्पियाधुराको विषयमा सवाल उठेको छ ।
बिहीबार प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद बुद्धिमान तामाङ प्रत्यक्ष प्रश्नोत्तरका क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीलाई यसबारे सोधेका हुन् । अहिलेको नक्सामा भएको भूगोल नै यथार्थ भएको बताउँदै प्रधानमन्त्री ओलीले सन् १९६२ सम्म कालापानी, लिपुलेक, लिम्पियाधुरा नेपालकै भूभाग रहेकोले त्यसबेलाका शासकले भारतलाई सेना ल्याएर बस्न दिएको उल्लेख गरेका छन् । २०७७ सालमा संसद्ले सर्वसम्मतिले त्यो भूभागसहितको चुच्चे नक्सालाई संविधानको अंग बनाएको छ ।
साथै, प्रधानमन्त्री ओलीले सम्बन्धित प्रश्नको जवाफमा तत्काल लिपुलेक, कालापानी र लिम्पियाधुरा भ्रमणको तयारी नभएको जानकारी गराएका छन् ।

