काठमाडौं । भारतीय क्रिकेट नियन्त्रण बोर्डले आईसीसी च्याम्पियन्स ट्रफी जित्ने भारतीय टोलीलाई नगद पुरस्कारको घोषणा गरेको छ ।
बीसीसीआईले जारी गरेको विज्ञप्ति अनुसार भारतीय टोलीलाई बीसीसीआईले ५८ करोड भारु नगद पुरस्कार दिने घोषणा गरेको हो । बोर्डले आर्थिक पुरस्कारले खेलाडीहरू, प्रशिक्षक र सहयोगी कर्मचारीहरू र पुरुष छनोट समितिका सदस्यहरूलाई सम्मान गर्ने उल्लेख गरेको छ ।
आईसीसी च्याम्पियन्स ट्रफीको फाइनलमा भारतीय टोलीले न्युजिल्याण्डलाई चार विकेटले हराउँदै लगातार दुईवटा आईसीसी उपाधि जितेको थियो ।

