गृह मन्त्रालयमा सिराहाका प्रजिअ दाहाल

प्रशासन वाग्मती प्रदेश समाचार

काठमाडौं । सिराहा जिल्लाका प्रमुख जिल्ला अधिकारी बासुदेव दाहाललाई गृह मन्त्रालय तानिएको छ ।

महायज्ञ गर्न दलित परिवारलाई हटाएको भन्नेबारे विषयमा सत्यतथ्य र स्वतन्त्र छानबिन गर्न गृहमन्त्री रमेश लेखकले प्रहरीलाई निर्देशन दिँदै प्रजिअ दाहाललाई गृह मन्त्रालय तानेका हुन् । दाहाललाई मन्त्रालय तानेर उनको स्थानमा कपिलबस्तुका प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्याललाई पठाइएको गृहमन्त्री लेखकको सचिवालयले जनाएको छ । हिजो प्रतिनिधि सभा बैठकमा सांसदहरुले दलित परिवारलाई हटाएको विषयमा सरकारको आलोचना गरेका थिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *