काठमाडौं । युरोपेली राष्ट्रको विश्वकप छनोट खेलमा नर्वेले माल्डोभालाई ५० ले हराएको छ। समूह ‘आई’को सो खेलमा नर्वेले पहिलो हाफमा नै चार गोल गरेको थियो।
त्यसैगरी नर्थ मेसोडानियाले लिचेस्टाइन माथि सहज जित हात पारेको छ भने अर्को खेलमा इजरायलले इस्टोनियालाई २–१ ले हराएको छ।समूह ‘जे’को शनिबार राति नै भएको खेलमा उत्तरी मेसोडानियाले लिचेस्टाइनलाई ३–० ले हरायो। वेल्सले काजकिस्तानसँगको खेलमा ३–१ को सफलता पाएको छ।
समूह ‘एल’को खेलमा मोन्टेनेग्रोले जिबाल्टरलाई ३–१ ले हरायो। यसैगरी, चेक गणतन्त्रले फारो आइजल्यान्डसँगको खेलमा २–१ को सफलता पाएको छ।

