एकीकृत समाजवादीले काठमाडौंमा बिहीबार कार्यकर्ता भेला गर्दै

राजनीति समाचार

काठमाडौं । नेकपा एकीकृत समाजवादीले बिहीबार काठमाडौंमा कार्यकर्ता भेला गर्ने भएको छ ।

बिहीबार केन्द्रीय प्रचार विभागका उपप्रमुख दामोदर अर्यालका अनुसार भेलामा पार्टीका विभिन्न कमिटीका गतिविधिबारे समीक्षा हुनुका साथै कमिटी प्रतिनिधिलाई प्रशिक्षण दिइने छ ।

मुलुकको राजनीतिक, आर्थिक तथा सामाजिक रुपान्तरणका लागि समाजवादी अभियानलाई सशक्त बनाउन आवश्यक भएकाले सिद्धान्त, नीति तथा कार्यक्रम मिल्ने राजनीतिक पार्टीसँगको सहकार्यबारे पनि भेलामा विचारविमर्श हुने उपप्रमुख अर्यालले जानकारी दिए ।

यसैबीच, १८औँ गणतन्त्र दिवसका अवसरमा एकीकृत समाजवादीले देशका विभिन्न भागमा सभा, भेला, गोष्ठी, वृक्षरोपण, रक्तदान, दिपावलीलगायत गतिविधि गर्ने जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *