गृहमन्त्रीले भिजिट भिसा प्रकरणबारे संसद्‍मा सम्बोधन गर्ने

राजनीति समाचार

काठमाडौं । भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकले राजीनामा नदिने भएका छन् ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको छलफलमा आज बस्ने प्रतिनिधिसभा बैठकमा गृहमन्त्री रमेश लेखकले उठेका विषयमा संसदमा प्रस्ट पार्ने सहमति भएको हो । विपक्षीले सदन अवरुद्ध गर्ने नीति लिएपछि प्रधानमन्त्री ओली, सभापति देउवा, गृहमन्त्री लेखक, कांग्रेस उपसभापति पुर्णबहादुर खड्का, कांग्रेस प्रमुख सचेतक श्याम घिमिरे र एमालेका प्रमुख सचेतक महेश बर्तौला सहभागी थिए ।

प्रमुख सचेतक बर्तौलाले बालुवाटार छलफलमा संसद्को गतिरोध खुलाउने बारेमा छलफल भएको बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *