काठमाडौं । दक्षिण कोरियाको संवैधानिक अदालतले निलम्बित प्रधानमन्त्री हान डक–सु को महाअभियोग खारेज गर्ने निर्णय गरेको छ ।
सोमबार यो निर्णयसँगै उनी कार्यवाहक राष्ट्रपति पदमा पुनर्बहाली भएका छन् । तत्कालीन राष्ट्रपति युन सुक योललाई महाअभियोग लागेपछि प्रधानमन्त्री हान कार्यबाहक राष्ट्रपति बनेका थिए ।
उनलाई पनि महाअभियोग लागेपछि निलम्बित भएका प्रधानमन्त्री हानलाई महाअभियोग खारेज गर्ने अदालतको निर्णय सर्वसम्मत भने थिएन ।
पाँच न्यायाधीशले महाभियोग खारेज गर्ने पक्षमा मतदान गरेका थिए भने एक न्यायाधीशले त्यसलाई सदर गर्ने पक्षमा मत दिएका थिए । बाँकी दुई न्यायाधीशले महाभियोग प्रस्ताव नै अस्वीकार गर्ने निर्णय गरेका थिए ।
डिसेम्बर २७ मा संसदमा निर्वाचनमार्फत् हानविरुद्ध महाभियोग लगाइएको थियो । त्यसपछि उनी निलम्बित भएका थिए ।
दक्षिण कोरियाको संविधान अनुसार संवैधानिक अदालतले सदर गरेपछि मात्र महाअभियोग प्रमाणित हुन्थ्यो र प्रधानमन्त्री हान पदमुक्त हुने थिए । तर संवैधानिक अदालतले महाअभियोग खारेज गरेकाले उनी पुनः पदमा फर्किने बाटो खुलेको छ ।

