निमावि तहको शिक्षक पदका लागि ६ सय भन्दा बढी आवेदनको माग

शिक्षा/स्वास्थ समाचार

काठमाडौं । शिक्षक सेवा आयोगले विभिन्न विषयका लागि ६ सय ८६ कोटामा निमावि तहको शिक्षक पदको लागि आवेदन खुला गरेको छ ।

सामुदायिक विद्यालयको निम्न माध्यमिक तह तृतीय श्रेणी, शिक्षक पदमा खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा स्थायी पदपूर्ति गर्नुपर्ने भएकोले आवेदन आह्वान गरिएको सूचनामा उल्लेख छ ।
न्यूनतम योग्यता पुगेका इच्छुक उम्मेदवारहरूले आयोगको आधिकारिक अनलाइन दरखास्त प्रणालीबाट अनलाइन दरखास्त दिन आग्रह गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *