आँबुखैरेनी गाउँपालिकामा ग्रामीण सडकको धमाधम स्तरोन्नति गरिँदै

विविध समाचार

काठमाडौं । तनहुँको आँबुखैरेनी गाउँपालिकामा तीन वटा ग्रामीण सडकको धमाधम स्तरोन्नतिको काम भइरहेको छ ।

तीनवटै सडकको काम अन्तिम चरणमा पुगेको छ । आँबुखैरेनी गाउँपालिका-५ स्थित भकुण्डी-बरालुङबेँसी सडक, सोही वडाको लाब्दी घुमाउने सडक, आँबुखैरेनी गाउँपालिका-३ स्थित आँबु सडकको काम अन्तिम चरणमा पुगेको हो ।

ती सडक ९१ लाख ३८ हजार २१२ विनियोजन गरेर काम थालिएको छ । भकुण्डी-बरालुङबेँसी सडकका निम्ति स्थानीयले एक लाख ६३ हजार ८२४ रुपैयाँ योगदान गरेका छन् । आगामी असार १५ गतेभित्र काम सम्पन्न गर्ने लक्ष्य छ ।

लाब्दी-घुमाउने सडकमा स्थानीयले सात लाख ७५ हजार ६५७ रुपैयाँ बजेट योगदान गरेको छ ।यसैगरी आँबु मार्गको स्तरोन्नति पाँच लाख ३४ हजार ३८८ रुपैयाँको लागतमा जारी छ । यो मार्गमा स्थानीयले ५४ हजार ३८८ रुपैयाँ योगदान गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *