काठमाडौं । सर्वोच्च अदालतले ताप्लेजुङको पाथीभरामा केबलकार निर्माण लगायतका कामहरू तत्कालका लागि यथास्थितिमा राख्न सरकार तथा निर्माण कम्पनीका नाममा अल्पकालीन अन्तरिम आदेश दिएको छ ।
याम बहादुर लिम्बु लगायतले दायर गरेको रिट निवेदनमाथि प्रारम्भिक सुनुवाइपछि त्यससँग सम्बन्धित सबै काम बदर गर्न माग गर्दै सर्वोच्च अदालतले अन्तरिम आदेशको टुंगो नलाग्दासम्म सबै कामकारबाहीलाई यथास्थितीमा राख्न आदेश दिएको हो । गत बुधबार न्यायाधीश शारंगा सुवेदीको इजलासले अन्तरिम आदेश जारी गर्ने वा नगर्ने भन्नेबारे छलफल गर्न २६ चैतमा दुबै पक्षलाई झिकाएको छ ।
निवेदनमा उठाइएको विषयवस्तुको प्रकृति र गम्भीरता हेर्दा दुबै पक्षको छलफलपछि मात्रै अन्तरिम आदेशबारे निर्णय गर्न उपयुक्त हुने भन्दै न्यायाधीश सुवेदीको इजलासले २६ चैतमा दुबै पक्षलाई झिकाएको हो ।

