सुरु हुन नपाउँदै प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित

राजनीति समाचार

काठमाडौं । प्रतिनिधिसभाको बैठक सुरुमै अवरोध भएपछि १५ मिनेटका लागि स्थगित भएको छ ।

मुलुकमा राजावादीको आन्दोलनको नाममा हिंसा मच्चाउने काम भएकाले बोल्न पाउनुपर्ने माग राख्दै आइतबारको बैठक सुरु हुनेबित्तिकै सत्ता र प्रतिपक्ष गणतन्त्र पक्षधर सांसदले सुरुमै उठेर विरोध गरेका हुन् । यस्तै राजावादी दल राप्रपाले आफूले पहिला बोल्न पाउनुपर्ने माग गर्दै विरोध गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *