काठमाडौं । सहकारी तथा लघुवित्त पीडितहरूले काठमाडौंमा प्रदर्शन गरेका छन् ।
विभिन्न सहकारी, लघुवित्त, बैंक तथा मिटरब्याजीबाट ठगिएका बचतकर्ताहरू काठमाडौं आएर सहकारीमा बेथिति मच्चाउन पाइँदैन,वित्तिय माफियाहरु चाहिँदैन, जनपक्षीय मौद्रिक नीति कायम गर’ लगायतका नारासहित प्रदर्शनमा उत्रिएका हुन् । माइतीघरबाट बिजुलीबजारसम्म प्रदर्शन गरेका हुन् ।
उनीहरूले सहकारीमा बचत गरेको रकमको ग्याण्टी हुनुपर्ने, साँवा र व्याजसहित फिर्ता गर्नुपर्ने माग सहित माइतीघरबाट बिजुलीबजारसम्म प्रदर्शन गरेका हुन् ।


