काठमाडौं । वातावरण विभागका अनुसार काठमाडौं विश्वको दोस्रो प्रदूषित सहर भएको उल्लेख गरेको छ ।
काठमाडौं सोमबार र मंगलबार लगातार संसारकै प्रदूषित सहर बन्दा बुधबार झन् वायु प्रदूषण बढेको हो । यद्यपि आज काठमाडौं भन्दा धेरै प्रदूषित हावा भारतको दिल्लीमा छ ।
पछिल्ला दिन काठमाडौंमा वायु प्रदूषण उच्च भएको छ । वातावरण विभागका अनुसार काठमाडौंको वायु प्रदूषण निकै अस्वस्थकरको तहमा पुगेको छ ।
आईक्यूएयरको तथ्यांक अनुसार आज बिहान काठमाडौंको औसत एयर क्वालिटी इन्डेक्स (एक्युआई) रौंभन्दा तीन गुणा मसिना धुलो धुवाँका कण प्रतिघण्टा २६८ माइक्रोग्राम प्रतिघनमिटर मापन गरिएको छ । मंगलबार २२५ मापन भएको थियो ।
पहिलो स्थानमा रहेका दिल्लीमा बिहान ३३६ प्रतिघण्टा २६१ माइक्रोग्राम प्रतिघनमिटर मापन गरिएको छ । जबकि १०१ देखि १५० लाई नै संवेशनशील समूहका लागि अस्वस्थ मानिन्छ । १५१ देखि २०० सम्मलाई अस्वस्थ, २०१ देखि ३०० सम्मलाई निकै अस्वस्थ र ३०१ भन्दा माथि मापन भए खतरनाक तह पुगेको मानिन्छ । यसअनुसार काठमडौं निकै अस्वस्थको तहमा छ भने दिल्ली खतराको तहमा पुगेको छ ।

