काठमाडौं । होटेल तथा रेष्टुरेन्ट व्यवसायी संघ रुपन्देहीको अधिवेशन (चुनाव) स्थगित भएको छ ।
संघको अधिवेशन अन्तर्गत आगामी चैत २४ र २५ गते तय भएको मनोनयन दर्ताका क्रममा वर्तमान नेतृत्वले निर्वाचन प्रभावित गर्न जालझेल गरेको, इच्छुक व्यवसायीलाई मनोनयन दर्ता गर्नबाट बञ्चित गरेको भन्दै व्यवसायीले कार्यालयमा तालाबन्दी गरेपछि चुनाव स्थगित भएको हो ।
हालको निर्वाचन प्रक्रिया रद्द गर्नुपर्ने मागसहित व्यवसायीले तालाबन्दी गरेकाले नयाँ चुनावी प्रक्रिया सुरु गर्न सहमत भएमात्र तालाबन्दी खोलिने संघले जनाएको छ ।
राजनीतिक भागन्डाका आधारमा नभई नेतृत्वमा आउन चाहने व्यवसायीलाई प्रतिस्पर्धामा बन्चित नगरी उम्मेदवारी दर्ता गर्न दिइनुपर्ने व्यवसायीहरुले मागसहित नयाँ चुनावी प्रक्रिया सुरु गर्न सहमत भएमात्र तालाबन्दी खोलिने संघले जनाएको छ ।
तालाबन्दीपछि बुधबार साँझ अबेरसम्म भएको छलफलमा सहमति जुट्न नसकेपछि प्रमुख निर्वाचन अधिकृत अधिवक्ता शालिकराम बन्जाडेले सूचना जारी गर्दै व्यवसायीको तालाबन्दीका कारण चुनाव गराउन नसकिएकाले अर्को सूचना जारी नभएसम्मका लागि निर्वाचन स्थगित भएको जानकारी गराएका छन् ।
हालका अध्यक्ष लेखनाथ भण्डारी नेपाली कांग्रेस निकट हुन् भने तालाबन्दीको नेतृत्व गरेका खनालसहितका व्यवसायीहरु नेकपा एमाले निकट हुन् ।
संघमा साना, मझौला र केही ठूला समेत गरी नौ सय २२ जना व्यवसायीहरु आवद्ध रहेका छन् ।

