तराई केन्द्रित सात दलले आज मोर्चा घोषणा गर्दै

राजनीति समाचार

काठमाडौं । तराई केन्द्रित विभिन्न दलले आज सङ्घीय लोकतान्त्रिक मोर्चाको घोषणा गर्ने भएका छन् । मोर्चाको दिउँसो ३ बजे बानेश्वर बैंकेटमा घोषणा हुने बताइएको छ ।

आज औपचारिक रूपमा घोषणा हुन लागेको मोर्चामा सङ्घीय संसद भित्र र बाहिर रहेका सात दल छन् । मोर्चाको नाम सङ्घीय लोकतान्त्रिक मधेसी मोर्चा राखिएको बुझिएको छ ।
यसअघि आठ दलको मधेसी मोर्चा गठनको तयारी रहेको भए पनि अन्तिममा अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी भने सो मोर्चामा सामेल नहुने भएको छ।

नयाँ बन्ने मोर्चामा उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल, महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, डा.सीके राउत नेतृत्वको जनमत पार्टी र रेशम लाल चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टी रहेका छन् ।
यस्तै, संसद बाहिर रहेका दलहरू मध्ये राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपाल, हृदयेश त्रिपाठी नेतृत्वको जनता प्रगतिशील पार्टी र बृशेषचन्द्र लाल नेतृत्वको तराई मधेस लोकतान्त्रिक पार्टी मोर्चामा सहभागी हुनेछन् ।

मोर्चामा आलोपालो नेतृत्व गर्ने बताइएको छ । मोर्चा घोषणापछिको पहिलो चरणमा जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले नेतृत्व गर्ने सहमति भएको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *