माओवादी केन्द्रका अध्यक्ष दाहाल पुगे शहीद र बेपत्ता पारिएका नागरिक परिवारको घर

राजनीति समाचार

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज बाँके र बर्दियाका शहीद परिवार र बेपत्ता पारिएका नागरिकको परिवारसँग भेट गरेका छन् ।

यस क्रममा दाहाल आज बिहान जनयुद्धमा तत्कालीन राज्यपक्षबाट बेपत्ता पारिएका सिवचरण थारूको घर बर्दियाको जगतियामा पुगेका हुन् ।

अखिल नेपाल महिला संघ (क्रान्तिकारी) को प्रदेश सम्मेलन उद्घाटनका लागि बुधबार बाँके पुगेका दाहाल आज बिहान बर्दिया आइपुगेका छन् । दाहालसहितको टोलीले बेपत्ता थारूको परिवार मगती थारू, स्थानीय जनतासँग बसेर बिहानको खाजा (नास्ता)को रूपमा कमलको फूलको पातमा थारूहरूको परिकार ढिग्री खाएका छन् ।
यसअघि दाहाल हिजो बाँकेको कोहलपुरदेखि बैजनाथसम्म मर्निङवाक गर्ने क्रममा शहीद परिवार, घाइते, अपाङ्गता, स्थानीय नेता, कार्यकर्तासँग भेट गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *