काण्डै काण्डमा गृहमन्त्रालय

राजनीति समाचार

काठमाडौं । नक्कली भुटानी शरणार्थी देखिभिजिट भिसा प्रकरणमा माओवादी,कांग्रेस र एमाले मुछीएपछि अमेरिकाले शंकाको घेरामा हेरिरहेको छ । नेपालबाट चार हजार ४८६ जना पछिल्लो तीन महिनामा भिजिट भिसामा विदेश गएको रेकर्ड अध्यागमन विभागमा छ । एयरपोर्टबाट फर्किने र जाने लहर जारी छ । अमेरिकाले यही बेला ठुलो संख्यामा अमेरिकामा आप्रवासीको रुपमा लुकीछिपी बस्नेहरुलाई नेपाल पठाउने काम गर्दै आएको छ ।

नक्कली कागज बनाउन अध्यागमनले नै सिकाउँछ । गृहको सिन्डिकेट बिना भिजिट भिसामा जान सहज नहुने स्थिति छ । अमेरिकाले गम्भीर अनुसन्धान नगरे गृह मन्त्रालयलाई कालोसूचीमा राख्ने चेतावनी दिएको छ । देशमा सरकार भएको कतै महसुस छैन ।

तीर्थराज भट्टराई र केही नासुहरु अख्तियारको निगरानीमा परेका छन् । प्रहरी समेत बदनाम भएको छ । यस्तो प्रकरणले राजनीतिक दलहरुसमेत बदनाम भएका छन् । देशकै गरिबीमाथि कमाइ गरेका गृहका कर्मचारीलाई नै दोषी भएका गृहमन्त्रालयका सचिवालयका कर्मचारीहरुले उन्मुक्ति पाउनु भनेको लोकतन्त्रकै बदनाम हो । गृहमन्त्रालयले तीर्थ भट्टराई, खगेन्द्र सुवेदी, कविता पौडेल लगायतलाई प्रयोग गर्दै आएका थिए । ग्रिन लाइन ट्राभल्सका बालकृष्ण खड्का भिजिट भिसाको डिजाइनर भएको बताइन्छ । उनैको योजना अनुसार भिजिट भिसामा नेपालीहरुलाई विभिन्न देशमा पठाउने गरेको बताइन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *