एकैचोटि नौ लाख आप्रवासीको कानुनी अनुमतिपत्र अमेरिकी प्रशासनद्वारा रद्द

विविध समाचार

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले एकैचोटि नौ लाख आप्रवासीहरुको कानुनी अनुमतिपत्र रद्द गरेको छ ।

उनीहरूलाई तुरुन्तै अमेरिका छोड्न समेत आदेश दिएको हो । यी आप्रवासीहरू बाइडेन प्रशासनको समयमा जनवरी २०२३ देखि गत वर्षको डिसेम्बरसम्म, ९ लाख ३६ हजार पाँच सय मानिसहरू सीबीपी वन एपको प्रयोग गरेर मेक्सिकन सीमाबाट अमेरिका छिरेका थिए ।

उनीहरूलाई दुई वर्षसम्म अमेरिकामा काम गर्न पाउने गरी बस्ने अनुमति दिइएको थियो । तर, ट्रम्प प्रशासनको गृह सुरक्षा मन्त्रालयले अमेरिकी जनता र देशको सिमाना सुरक्षित राख्न यी अनुमति अब खारेज गरिएको बताएको छ ।

अमेरिका छिरेका मानिसहरूलाई इमेल मार्फत अनुमति रद्द गरिएकोबारे सूचित गरिएको अधिकारीहरूले पुष्टि गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *