काठमाडौं । दार्चुलाको अपि नाम्पा संरक्षण क्षेत्र कार्यालयले संरक्षण क्षेत्रमा वन्यजन्तुबाट भएको क्षतिबापत रकम वितरण गर्ने भएको छ ।
संरक्षण क्षेत्रका नागरिकलाई वन्यजन्तुबाट भएको पशुधन, अन्नबाली र मानवीय क्षतिको परिपूर्तिस्वरुप एक सय ४३ जनालाई रकम प्रदान गरिने कार्यालयले जनाएको छ।
चालु आर्थिक वर्षमा हालसम्म १०५ जनालाई क्षतिबापतको रकम वितरण गरिएको तथा अन्य ३८ जनालाई रकम दिन सिफारिस गरिएको थियो । कार्यालयले गत आर्थिक वर्षमा १४२ जनालाई १५ लाख रुपैयाँ क्षतिपूर्ति दिएको थियो ।