चालु आर्थिक वर्षमा साढे ४ प्रतिशत आर्थिक वृद्धि हुने एडीबीको प्रक्षेपण

अर्थ/वाणिज्य समाचार

काठमाडौं । एसियाली विकास बैंक (एडीबी)ले चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धि चार दशमलव चार प्रतिशत पुग्ने प्रक्षेपण गरेको छ ।

गत आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धि तीन दशमलव नौ प्रतिशत थियो । एडीबी नेपाल आवासीय मिसनका प्रमुख अर्थशास्त्री इआन हान्सनले ट्म्पको ट्यारिफ घोषणाले एसिया व्यासिफिक क्षेत्रको आर्थिक वृद्धिको प्रक्षेपण घटेर

चार दशमलव नौ प्रतिशतमा झर्ने बताएका छन् । अमेरिकी नीतिगत परिवर्तनबाट प्रक्षेपणलाई कमजोर बनाएको छ भने अनिश्चय बढाएको उनको भनाइ छ । आगामी आर्थिक वर्ष भने पाँच दशमलव एक प्रतिशतको आर्थिक वृद्धि हुने प्रक्षेपण एडीबीको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *