अछामको अग्नी पीडितलाई सुदूरपश्चिम सरकारको ५० लाख सहयोग

समाचार सुदूरपश्चिम प्रदेश

काठमाडौं ।अछामको जयगढ बजारमा मंगलबार साँझ भएको भीषण आगलागीबाट प्रभावित पीडितलाई सुदूरपश्चिम प्रदेश सरकारले तत्काल ५० लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ।

बुधबार बिहान मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको प्रदेश विपद् जोखिम न्यूनीकरण तथा नियन्त्रण परिषद्को बैठकले यस्तो निर्णय गरेको हो।

प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आगलागीबाट क्षति व्यहोरेका परिवार तथा व्यवसायीलाई मानवीय आधारमा प्रारम्भिक चरणमा ५० लाख रुपैयाँ सहयोग स्वरूप उपलब्ध गराइने जानकारी दिए। पीडितलाई सहायता रकम वितरण गर्न पालिकाले स्पष्ट मापदण्ड तयार गर्दै प्रारम्भिक विवरण प्राप्त भएपछि थप सहयोगका लागि समेत सरकार प्रतिबद्ध रहेको मुख्यमन्त्री शाहको भनाइ छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *