रैती भने पछि नेपाली जनताको मनमा अपनत्व झल्किन्छ । सिंधुली गढीमा आक्रमण गर्न हिडेको बिशाल अंग्रेजी सेनालाई चुनौती दिने पहिलो नेपाली बाँग्रे सार्की पनि रैती नै थिए । आधुनिक नेपालको संस्थापक निर्माता श्री ५ बडामहाराज धिराज पृथ्बी नरायण शाहको प्रमुख अर्थशास्त्री बिसे नगर्ची पनि रैती नै थिए जसले प्रतिपादन गरेको अर्थनीतिको जगमा टेकेर श्री ५ बडामहाराज धिराज पृथ्बी नरायण शाहले नेपाल राष्ट्र निर्माणको लागि चाहिने आर्थिक स्रोत जुटाएका थिए । उहाँका त्यस्तै महान रैती मणीराम गाइने पनि थिए जसले गीत संगीत र साहित्यको मार्गबाट श्री ५ बडामहाराज धिराज पृथ्बी नरायण शाहको नेपाल राष्ट्रको एकिकरण गर्ने अभियानमा प्रचार प्रसार गरी सघाएका थिए ।
साना राज्यहरुको एकिकरण गरी महान र बिशाल राज्य नेपालको निर्माण गर्दा श्री ५ बडामहाराज धिराज पृथ्बी नरायण शाहले साम, दाम, दण्ड र भेद् नीतिहरुको प्रचुर मात्रामा उपयोग गरेका थिए । शान्तिपूर्ण तरिकाले भएसम्म हिंसालाई प्राथमिकता दिईएको थिएन । तर युद्ध नै गर्नु परेको खण्डमा पनि श्री ५ बडामहाराज धिराज पृथ्बी नरायण शाह कहिले पछि हट्ने गरेका थिएनन् । उहाँलाई यो कार्यमा डटेर सहयोग गर्ने हतियार निर्माता इन्जिनिर रैती जसवीर कामी थिए ।
यसरी त्यो बेलाको नेपालीहरुले राजाको रैती बनेर आधुनिक नेपाल राष्ट्रको निर्माण गर्नमा बिभिन्न प्रकार र बिभिन्न रुपमा सघाउने गरेका थिए । उहाँहरु कै सन्तान हामी नेपालीलाई आज संसारले वीर गोर्खालीको रुपमा चिन्ने गरेकाछन ।
आज केही दलका नेताहरुले रैती सव्दलाई होच्याउने पाराले बोल्ने, लेख्ने र प्रचार गर्ने गरेकाछन । तर रैती सव्दले तत्कालिन बेलामा राजा र प्रजालाई पुलको रुपमा एक अर्कालाई रसायनले झै जोडेर बिदेशीको आक्रमणको सामु बज्र तुल्याएको थियो । कहिले सूर्य नअस्ताउने अंग्रेजी साम्राज्यको ६ सय लडाकु अंग्रेज सिपाहीहरुको सिन्धुली गढीमा एकै चिहान बनाउने नेपाली सेनाका बहादुर सिपाहीहरु पनि श्री ५ बडामहाराज धिराज पृथ्बी नरायण शाहका रैती मद्धेका नै थिए ।
वीर झाकल गुरुङ्को नेतृत्वमा सिन्धुली गढिको सुरक्षा गरी बसेका नेपाली सेनाले अंग्रेजका ६ सय सिपाहीलाई खुकुरीको छप्काले काँक्रा झै दुई चिरा पारी दिएका थिए । त्यस्ता बहादुर नेपाल राष्ट्रको सिपाहीहरु पनि सबै राजाको रैती नै थिए । त्यो बेलाका नेपालीहरु अहिलेका दलका नेताहरु जस्तो बिदेशीको दलाल कोही पनि थिएनन् । सबका सब स्वाभिमानी, आत्मनिर्भर र घोर राष्ट्रवादी थिए । त्यस्ता पुर्खाको वलीदानीबाट निर्माण भएको महान राष्ट्र नेपालमा अहिले राष्ट्रघाती, परनिर्भर, कुनै आत्मस्वाभिमानी नभएको दलकाका स्वार्थी नेताहरुको शासन भोगी बस्नु परेको छ । यस्तो नेपालको दयनीय अवस्थामा नेपाली जनताले आफैलाई वीर गोर्खालीको सन्तान हौं भनी गर्व गर्नको लागि पनि लाज मान्नु पर्ने भएको छ । दलका नेताहरुले नेपाली जनताको गाँस, बास र कपासलाई नाफा कमाउने व्यापार व्यवसाय बनाएका छन । नेपालमा मानव तस्करीलाई बढावा दिएर आर्थिक रुपले सक्रिय नेपाली युवापिढीलाई वैदेशिक रोजगारीमा पठाएका छन् ।
यसरी राजनीतिक दलका नेताहरुद्वारा पालित पोषित र सञ्चालित नाफाखोर दलाल तस्कर माफीया बिचौलियाहरुले नेपालमा सुन तस्करी र मानव तस्करी व्यवसायलाई दोहोरो फाईदा लिएर चलाईरहेका छन । नयाँ सरकारी कल कारखाना खोल्नु थप्नु त कता हो कता दलका नेताहरुले भएका पुराना उद्योगहरु र कल कारखानाहरुलाई निजीकरणको नाममा बेची मासी खाएकाछन ।
यस्ता राजनीतिक दलहरुले नेपालको राजकिय सत्ता चलाई बसेसम्म अब नेपालको प्रगती हुने छैन उँधोगति मात्रै निरन्तर भई नै राख्ने छ । रैती र प्रजा शव्दको अर्थ एउटै हो तर केही नेपालका राजनीतिक दलहरु प्रजा शव्द भन्नमा गर्व गरे पनि रैती शव्द प्रति हेयको भावना र होच्याउने अर्थ राख्दछन । रैती, प्रजा र प्रजातंत्र पार्यवाची शव्द हुन जसको भावर्थ एउटै हो अर्थात नेपाली जनतालाई रैती वा प्रजा जे भन्दा पनि हुन्छ । प्रजातंत्र वा लोकतंत्र जे भने पनि नेपाली जनताको सार्वभौमिकतालाई जनाउँछ । नेपालमा दलहरुले नेपाली जनतालाई सार्वभौमिक छ भने पनि व्यवहारमा त्यस्तो छैन । दलका शीर्ष नेताहरुले नेपालमा नेपाली जनताले चाहेको जस्तो गरी शासन सत्ता चलाई राखेका छैनन् ।
दलका शीर्ष नेताहरुले आआफ्नो सुरुची अनुसार नेपालको राजकिय सत्ता चलाउने गर्दै आएका छन् । सुनीति अनुसार दलहरुले नेपाल राष्ट्रको शासन सत्ता नचलाएको हुनाले नै दलहरुले भन्ने गरेको नेपालको लोकतन्त्रलाई नेपाली जनताले नेतातन्त्र वा दलतन्त्र मानेका छन् । नेताहरु र दलहरु बदलिए पछि आआफ्नो दलिया स्वार्थ र भागबण्डा अनुसार सुशासन वा सुनीतिको परिभाषाहरु पनि फरक फरक हुने र बदलिने गरेकाछन ।
मुखमा राम बगलीमा छुरा बोकेका दलका शीर्ष नेताहरुले नेपाल राष्ट्रको लाम्टा चुस्न थाल्दछन र दुध नआए रगत नै भएपनि चुसेर पीउने गर्दछन । गाईको दुध पीउने मान्छेले गाईको दुधको लाम्टा मात्रै चुसेर हुँदैन त्यो गाईले नुन पानी दाना घाँस समयमा खान पाएको छ कि छैन भन्ने कुरालाई पनि ध्यान दिनु पर्छ । तर नेपालमा त्यसो भइरहेको छैन एकोहोरो लाम्टा मात्रै चुस्ने काम भईरहेकाछन । नेपालको अस्तित्वलाई कताबाट खतरा भयो भन्ने कुरा नबुझ्ने दलका शीर्ष नेताहरु पनि सत्तामा छन । नेपाल राष्ट्रको अस्तित्व संकटमा पर्यो भन्नेहरुलाई सत्तामा बसेका दलका राजनीतिक नेतृत्वले उल्टै प्रतिप्रश्न राख्ने गर्दै आएकाछन । सत्ताधारी दलहरुको भ्रष्ट आचरण र अपराधिक कामले गर्दा नै नेपाल राष्ट्रको अस्तित्व माथिको संकट निरन्तर बढेर गई नै राखेकोछ ।
दलहरुले राष्ट्रको नाममा लिएको २७ खर्व ऋणले नेपाल राष्ट्रको अस्तित्वलाई संकटमा पार्दै लगेकोछ । त्यसरी नै दलहरुको कुशासनले गर्दा जम्मा भएको १३ खर्वको वेरुजुले पनि नेपाल राष्ट्रको अस्तित्व खतरामा परेको छ है भन्ने कुरालाई पुष्टी गरेकोछ । बिदेशीलाई सहमति अनुसार साँवा व्याज राष्ट्रले समयमा बुझाउन नसकेको खण्डमा सो ऋण उठाउनको निमित्त विदेशी ऋण दाताले नेपालको राजानीति र बिकासमा हस्तक्षेप बढाएर आफ्नो ऋण उठाउने मेलो गर्नेछन । गरिब नेपाली जनतालाई भजाएर बिदेशी ऋण अनुदान लिएर जति खानु खाएपनि अब उप्रान्त संसारको परिस्थिति बदलीसकेको हुँदा त्यसो गरी सित्तैमा खान मुस्किल पर्ने भईसकेको छ । दलका शीर्ष नेताहरुले अब साउनमा आँखा फुटेको गोरुले झै व्यवहार गर्न मिल्दैन । संधै मागेर वा ऋण लिएर खाने खुवाउने पनि कुनै शासन व्यवस्था हो र ?
यसरी नेपालमा रोजगारी बढ्दैन उल्टै नेपाल राष्ट्रको परनिर्भरतालाई बढाएर नेपाली जनताको आत्मसम्मानलाई दुषित तुल्याउने छ । बिदेशी गैरसरकारी संस्थाहरुलाई नेपालमा राजनीतिक दलहरुले स्वतंत्र पूर्वक नेपालको राजनीति र बिकासमा हस्तक्षेप गर्न गराउन दिएकाछन । नेपालको संबिधान २०७२ मार्फत दलहरुले नेपालको इतिहास मेटाउने र वैदिक सनातनी हिन्दूधर्मलाई मास्ने काम गरेकाछन ।
जुन कुराले नेपालको अस्तित्व जोगाउन तिर दलहरुको राजनीतिक नेतृत्व गम्भिर छैनन् भन्ने कुरालाई प्रमाणित गरेकोछ । १०४ बर्ष सम्म शाह बंशिय राजाहरुलाई आफ्नो कठपुतली बनाएर नेपाल राष्ट्र र नेपाली जनता माथि निरंकुश शासन गर्ने राणा शासकहरु बिरुद्ध पनि नेपालका राजा र रैतीहरु मिलेर आन्दोलन गरी ढाल्न सफल भएका थिए । अहिले पनि नेपाली जनतालाई भ्रममा पारी लोकतंत्र, संघियता र गणतंत्र भन्दै मनोमानी शासन गर्ने तीन ठुला दलहरु र त्यसका टाउके नेताहरु ओली, देउवा र प्रचन्नेका बिरुद्ध नेपालका राज र रैतीहरु गोलबन्द हुँदै गएकाछन । आआफ्नो सुरुची अनुसार शासन गरी सुनीतिलाई लात हान्दै आएका ओली, देउवा र प्रचन्नेहरुका विरुद्ध नेपालका राजा र रैतीहरुले महाआन्दोलन छेडिसकेका छन् ।
आफै सत्तामा बसेर पनि नेपाली जनताले लोकतंत्रको अधिकार उपयोग गरी, गर्दै आएका बोरोध प्रदर्शन र रैलीहरुमा घुषपैठ गराएर बिथोल्ने र प्रतिकार जुलुश र रैलीहरु निकालेर भिडन्त गर्ने जस्ता छलछाम, जालझेल र कपटको राजनीति नेपालमा अपराधिक पृष्ठभूमिबाट आएका दलका शीर्ष नेताहरु ओली, देउवा र प्रचन्नेले माहाभारत युगका कपटी सकुनीको राजनीतिलाई नेपालमा निरंतर चलाई राखेका छन ।
उहिले इतिहासिक कालमा नेपाल कै पाटन राज्यमा राजालाई कठपुतली बनाएर निरंकुश शासन गर्ने चार प्रधानहरुलाई पनि राजा र रैतीहरु मिलेर नै आन्दोलन गरी सत्ताबाट हटाउने काम गरिएको थियो । त्यसैगरी कोतपर्व र भण्डारखाल पर्व जस्तो जघण्य अपराधको ताण्डव गरी राजाका भाई भारदरहरुको समूहिक हत्या गरी १०४ बर्ष सम्म परिवारिक निरंकुश शासन नेपालमा चलाएका राणा शासकविरुद्ध पनि नेपाली जनताले यस्तै राजा र रैतीको महान एकता गरी सफलता पाएक थिए । अब भ्रष्ट अपराधी स्वार्थ समूह सित मिलेर नेपालमा मनोमानी शासन गरी आएका तीन दलका शीर्ष नेताहरुका बिरुद्ध पनि नेपालका राजा र रैतीहरु एक ढिक्का भएकाले तिनीहरुलाई उखाडेरै फाल्ने पक्कापक्की भईसकेको छ ।
नेपाली हुन र नेपाली बन्न नेपालका राजा र रैतीहरु सबै तयार छन भने भ्रष्ट दलका तीन शीर्ष नेताहरु ओली, देउवा र प्रचन्नेको केही नचल्ने र उहाँहरु चाँडै इतिहासको पन्नामा सीमित हुन पुग्ने प्रष्ट भइसकेको छ । १२ भाइ स्वदेशी र विदेशी स्वार्थ समूहका व्यापारीहरु र व्यवसायीहरुले बोकेर हिडेका र तिनीहरु कै काट्टो दान खाएर जीवनयापन गरीरहेका ओली, देउवा र पचन्नेको छलछाम, जालझेल र कपटपूर्ण राजनीतिक चलखेलबाट नेपाल राष्ट्र र नेपाली जनतालाई राजा र रैतीको यो महामिलनले चाँडैनै मूक्ति दिलाउने निश्चित भएकोछ । नेपाली जनता दलका नेताहरुको भेडो बन्नु भन्दा राजाको रैती बन्नमा गर्व महसुस गर्दैछन् ।