भारतको अहमदाबादमा गुजरातका पूर्व मुख्यमन्त्री सहित दुई सय ४२ यात्रु सवार विमान दुर्घटना

विविध समाचार

काठमाडौं । भारतको गुजरातको अहमदाबादमा यात्रुबाहक विमान दुर्घटना भएको छ ।

मिडिया रिपोर्टका अनुसार दुर्घटनाग्रस्त विमान एयर इन्डियाको हो र त्यसमा भारतीय जनता पार्टीका नेता एवं गुजरातका पूर्वमुख्यमन्त्री विजय रुपाणीसँगै चालक दलका सदस्यसहित २४२ यात्रु सवार रहेको भारतीय सञ्चार माध्यमले जनाएको हो ।

दुर्घटनापछि आकाशमा धुवाँको ठूलो मुस्लो देखिएको छ । मिडिया रिपोर्टका अनुसार अहमदाबाद विमानस्थलबाट उडान भर्ने बित्तिकै विमान दुर्घटनाग्रस्त भएको बताइएको छ । विमान अहमदाबादबाट लन्डन जाँदै गरेको थियो । विमान आवासीय क्षेत्रमा दुर्घटनाग्रस्त भएको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *