भारतले इरानमा रहेका आफ्ना विद्यार्थीलाई सुरक्षित स्थानमा राख्यो, कति विद्यार्थीलाई सारियो भन्ने विज्ञप्तिमा उल्लेख नभएको

विविध समाचार

काठमाडौं । इजरायलको आक्रमण तीव्र भएपछि भारतले इरानमा रहेका आफ्ना विद्यार्थीहरुलाई सुरक्षित स्थानमा लगेको छ ।

दुबै देशसँग सम्बन्धमा रहेको भारतले इजरायली आक्रमणबाट जोगिन आफ्ना विद्यार्थीहरुलाई इरानकै सुरक्षित स्थानमा राखेको हो । भारतीय विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तीमा गत वर्षको सरकारी तथ्यांकअनुसार इरानमा करिब १० हजार भारतीय नागरिक छन् । यसैगरी २०२२ को तथ्यांक अनुसार इरानमा दुई हजारभन्दा बढी भारतीय विद्यार्थी रहेको उल्लेख गरिएको छ । तर, कुन ठाउँबाट कति विद्यार्थीहरुलाई सारियो भन्ने विज्ञप्तिमा उल्लेख छैन ।

गत शुक्रबार इजरायलले इरान विरुद्ध पहिलो आक्रमणपछि इरानले पनि जवाफी हमला गरिरहेको छ । सोमबार रातिसम्म पनि दुबैतर्फबाट आक्रमण जारी रहेको छ । यसैबीच भारतले इरान र इजरायल दुबै देशलाई सम्भावित सहयोग विस्तार गर्न तयार रहेको पनि बताएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *