ओली सरकारको एघार महिनाको नेतृत्वमा थपियो सवा दुई खर्ब बढी सार्वजनिक ऋण, कुल गार्हस्थ्य उत्पादनको ४३ प्रतिशत

राजनीति विविध समाचार

काठमाडौं । केपी शर्मा ओली सरकारले नेतृत्व गरेको एघार महिनामा चालु आर्थिक वर्ष सवा दुई खर्ब बढी सार्वजनिक ऋण थपिएको छ ।

चालु आर्थिक वर्षको असार मसान्तसम्म कुल सार्वजनिक ऋण २४ खर्ब ३४ अर्ब नौ करोड रुपैयाँ रहेकोमा जेठ मसान्तसम्म आइपुग्दा ऋणको हिस्सा दुई खर्ब २० अर्ब ५८ करोडले थपिएर २६ खर्ब ५४ अर्ब ६६ करोड ८ लाख पुगेको हो ।

११ महिनामा सवा दुई खर्ब ऋण थपिएसँगै देशको सार्वजनिक ऋण कुल गार्हस्थ्य उत्पादनको ४३.४७ प्रतिशत पुगेको छ । जुन ऋणमा वैदेशिक ऋणको हिस्सा ५२.०६ प्रतिशत र आन्तरिक ऋणको हिस्सा ४७.९४ प्रतिशत रहेको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *