विराटनगर महानगरपालिकाको दश महिनामा एक अर्बभन्दा बढी खर्च,आम्दानीको लक्ष्य एक अर्ब रुपैयाँ

अर्थ/वाणिज्य समाचार

काठमाडौं । विराटनगर महानगरपालिकाले चालु आर्थिक वर्षमा एक अर्ब २२ करोड एक लाख ६३ हजार रुपैयाँ खर्च गरेको छ ।

महानगरपालिकाले कर्मचारीको तलबभत्ता र विकास निर्माणको दश महिनामा एक अर्ब २२ करोड रुपैयाँ खर्च गरेको हो । जेठ ५ गतेसम्म विराटनगर महानगरपालिकाले ४२ करोड २० लाख १९ हजार ३७ रुपैयाँ आन्तरिक आम्दानी गरेको छ । महानगरले सम्पत्ति करबापत १३ करोड ४३ लाख ७ हजार र मालपोत कर बापत एक करोड २४ लाख ५ हजार १९७ रुपैयाँ आम्दानी गरेको हो ।

गतवर्ष महानगरले ६१ करोड रुपैयाँ आन्तरिक आम्दानी गरेको थियो । चालु आर्थिक वर्षमा विराटनगरको आम्दानीको लक्ष्य एक अर्ब १० करोड रुपैयाँ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *