नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयकसम्बन्धी प्रतिवेदन समितिका सभापति खतिवडाद्वारा पेश

राजनीति समाचार

काठमाडौं । नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयकसम्बन्धी राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदन प्रतिनिधिसभा बैठकमा पेश भएको छ ।

बिहीबार बसेको संसद् बैठकमा समितिका सभापति रामहरि खतिवडाले नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयकसम्बन्धी समितिको प्रतिवेदन २०८२ पेस गरेका हुन् ।

प्रतिवेदन प्रस्तुत गर्दै सभापति खतिवडाले सबै नेपाली नागरिकलाई नागरिकता प्राप्त गर्ने अवसर दिने गरी समितिमा सहमति जुटाएको बताए । आमाका नामबाट मात्रपनि नागरिकता प्रदान गर्न सकिने गरी आवश्यक व्यवस्था गरिएको उनले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *