प्रमुख तीन दलको बैठक स्थगित, प्रधानमन्त्री ओली र देउवासहित दुबै दलका शीर्ष नेताको मात्रै बैठक

विविध समाचार

काठमाडौं । बिहीबर बस्ने भनिएको प्रमुख तीन दल नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रको बैठक स्थगित भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज दिउँसो २ बजे बस्ने भनिएको बैठक आपसी सल्लाहमै स्थगित भएको हो । प्रधानमन्त्री केपी ओलीले संसदको अवरोध, निजामती विधेयक लगायत विषयमा छलफल गर्न शीर्ष नेताहरूको बैठक बुधबार बोलाएका थिए । तर,प्रचण्ड चितवनमै भएका कारण कांग्रेसका सभापति शेरबहादुर देउवासहित दुबै दलका शीर्ष नेताहरूको मात्रै बैठक बसेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *