अब गृह–सचिवमा को ?

राजनीति समाचार

काठमाडौं । भूमि तथा सहकारीमन्त्रालयमा बसेर आतंक मच्चाएका गोकर्णमणि दुवाडी गृहमन्त्रालयमा पुगेपछि भूमिमन्त्रालयका कर्मचारीले उनलाई ‘कालो गोगन साँप’को रुपमा अथ्र्याउन थालेका छन् । किन कि सचिव दुवाडीले भूमि मन्त्रालयमा बसेर सरकारी जग्गा व्यक्तिको नामम दर्ता गर्ने, छुट जग्गा मिलान गर्ने र प्लटिङ गर्ने भूमाफियाहरुसँग मिलेर अकुत सम्पत्ति आर्जन गरेको आरोप लगाएका छन् ।

त्योसँगै निर्वाचन आयोग र मधेस प्रदेशमा सचिव हुँदा पनि दुवाडीले चलखेल गरेर सम्पत्ति आर्जन गरेको आरोप लाग्दै आएको छ। दुवाडीले अवैध रुपमा आर्जन गरेको ‘कालोधन’ प्रयोग गरेर दुवाडी गृह सचिव बन्न सफल भएको बताइन्छ । दुवाडी गृहसचिव भएपछि प्रहरी सरुवा, बढुवादेखि भिजिट भिसामा नेपालीलाई विदेश पठाएर असुली धन्दा चलाएको स्रोतको दावी छ । उनै दुवाडीको कार्यशैलीले गर्दा गृहमन्त्री रमेश लेखकको धज्जी उडेको छ । सचिव दुवाडीले भिजिट भिसाको मात्रै सेटिङ गरेका थिएनन्, सिडिओ सरुवामासमेत सेटिङ गरेर सह–सचिवलाई पठाउनुपर्नेमा उपसचिवलाई पठाएको आरोप लागेको छ । अर्कोतर्फ नेपाल प्रहरी र सशस्त्र प्रहरीमा डीआईजी दरबन्दी थप्ने र बढुवामा आर्थिक खेलोफड्को गरेको आरोप त्यत्तिकै छ ।

त्योसँगै गृहमन्त्रालयमा आवश्यकताभन्दा बढी कर्मचारीलाई जिम्मेवारीबिहीन बनाएर जगेडामा राखेको आरोप सचिव दुवाडीले खेप्दै आएका छन् । दुवाडी कांग्रेसनिकट कर्मचारी भए तापनि उनीको क्रियाकलापले गर्दा कांग्रेसभित्र असुन्तुष्टि बढेको छ । त्यसले गर्दा पनि गृहसचिव दुवाडीको दिनगन्ती सुरु हुन थालेको छ । गृहसचिव दुवाडीमाथि असन्तुष्टि बढेपछि उनको ठाउँमा अर्का कांग्रेसनिकट सचिव मुकुन्द निरौलाले बाजी मार्ने भएका छन् । निरौला प्रदेश सचिव हुँदै उद्योग वाणिज्य, संघीय मामिला तथा सामान्य प्रशासन र श्रमसचिव समेत भएर काम गरेको अनुभवी सचिव हुन् । निरौला अहिले सार्वजनिक खरिद अनुगमन कार्यालयमा कार्यरत छन् । उनै निरौलालाई गृहसचिव बनाउने चलखेल ब्यापक रुपमा भइरहेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *