सर्वोच्चका प्रस्तावित तीन न्यायाधीशको सुनुवाई आइतबार

राजनीति समाचार

काठमाडौं । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका प्रस्तावित तीन न्यायाधीशको सुनुवाई आइतबार गर्ने भएको छ ।

बिहीबार बिहान बसेको बैठकले प्रस्तावित तीन न्यायाधीशलाई सुनुवाईका लागि आइतबार बोलाउने निर्णय गरेको हो । आजको बैठकमा सर्वोच्च अदालतका प्रस्तावित न्यायाधिशहरुका सम्बन्धमा परेका उजुरीहरु खोलिएका थिए । उनीहरूविरूद्ध सातवटा उजुरी परेको, जसमा मेघराज पोखरेलविरूद्ध २, श्रीकान्त पौडेलविरूद्ध २ र शान्ति सिंहविरूद्ध एक उजुरी परेको छ । समितिले उजुरीकर्तालाई आजै समितिलाई बोलाएर छलफल गर्ने भएको छ ।

न्याय परिषदको जेठ २६ गतेको बैठकले सर्वोच्च अदालतको तीन न्यायाधीशमा वरिष्ठ अधिवक्ता मेघराज पोखरेल, मुख्य न्यायाधीश श्रीकान्त पौडेल र शान्ति सिंह थापालाई सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि सिफारिस गरेको थियो ।

समितिले सुनुवाई गरेपछि राष्ट्रपतिले सर्वोच्चका न्यायाधीश नियुक्ति गर्ने कानुनी प्रावधान रहेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *