भ्रष्टाचार र कूशासनको पार्यवाची बनेको ओली(देउवा सरकारलाई जेन जेडले ठाउँको ठाँउ ठहरै पारी नेपाली जनतालाई धेरै ठुलो गुण लगाएको छ । तर पनि नेपाली जनताको लागि त्यो सुस्खको क्षण लामो समय टिक्न सकेन किनकि दलहरुले जेन जेडका आन्दोलनकारीहरुलाई नेपालको संबिधान २०७२ खरेज गर्नबाट रोकीदिएकाछन । संसद बिघटन भएपनि नेपालको संबिधान २०७२ अनुसार नै बनेको राष्ट्रपतीय संस्था, संघियता र गणतंत्र यथावत रहेकाछन ।
साथै २३ जना जेन जेड आन्दोलनकारी स्कुले बालकहरुको हत्या गर्ने तत्कालिन प्रधानमंत्री ओली र उहाँको सरकारको गृह्यमंत्री रमेश लेखकलाई जेन जेडको आन्दोलनबाट बनेको सुशीला कार्की सरकारले कार्यबाही गर्नु त कता हो कता छुन सम्म पनि सकीरहेको छैन । जेन जेड अन्दोलनकारीहरुलाई आन्दोलनलाई कुनै ठोश निष्कर्षमा पुर्याउनबाट कुनै अदृश्य शक्ति वा भूमिगत गिरोहले रोकेको अनुभुति भइरहेको छ । दलहरुले भ्रमको खेती गरेको भरमा नै नेपालमा ३६ बर्ष सम्म भ्रष्टाचार र कूशासन निरन्तर चलाएका छन । कसैले पनि दलहरुलाई किन पालैपालो त्यसो गरेको भनी कडा आपत्ती जनाउन सकेन । दलहरुको त्यस्तो भ्रष्टाचार र कूशासनले सीमा नाघी सक्दा पनि वालिग नेपाली जनताले त्यसको बिरोध गर्न सकेन ।
तर जेन जेडको बालकहरुले दलहरुले निर्वाद चलाएको भ्रष्टाचार र कूशासनको बिरुद्ध मुख खोल्ने हिम्मत देखाएका छन । सामाजिक सञ्जाल मार्फत फाटफुट दलहरुको भ्रष्टाचार र कूशासनको बिरुद्ध आवाज उठ्ने गरेकोमा जेन जेडका बालकहरुले एकासी आन्दोलन गर्दा भ्रष्टाचार र कूशासनको नाईके बनेको ओली(देउवा सरकार स्तव्ध मात्र भएन कि आफ्नो प्रतिरक्षा सम्म पनि गर्न सकेन । ओली(देउवा सरकार पुतना राक्षेस्नी ढले झै गर्ल्याम्मै ढल्यो र ऐया आत्था सम्म पनि भन्न भ्याएन ।
यसरी ओली(देउवा सरकार ढले पछि जेन जेडको आन्दोलन सफल भएको मानियो । नेपाली सेनाले पनि जेन जेडका बालकहरु र राष्ट्रपतिका बिचमा सामन्वय गरी चालु संसद बिघटन र ६ महिना भित्र नयाँ संसदको लागि चुनाव गराउने अभिभाराको साथ सुशीला कार्की सरकारको निर्माण भयो । जेन जेडको आन्दोलन सफल भईसकेको अवस्थामा संबिधान अनुसार नयाँ संसदको चुनाव गराउने कुरामा सहमती भएर जेन जेडले ठुलो भुल गरेको महसुस नेपाली जनतालाई भयो । तर जेन जेडले यहि कुराको महसुस अहिले सम्म गर्न सकीरहेको छैन । यसरी जेन जेडको बालकहरुलाई भुलभुलैयामा पारेर तर मार्ने भूमिगत गिरोहको बारेमा अझ सम्म पनि प्रष्ट हुन सकीरहेको छैन ।
जानाकारहरु भन्छन जेन जेड आन्दोलनको उपलव्धीलाई कसैले बिच बाटो बाटै हाईज्याक गरी लगेको छ । धेरैलाई जेन जेडको आन्दोलनको उपलव्धि हात्ती छिर्यो तर पुच्छर अडकियो जस्तै लागीरहेकोछ । जेन जेडको आन्दोलनलाई बिना निष्कर्ष कसैले चपाउने, दबाउने र पचाउने प्रयास गरीरहेको जस्तो देखिन्छ । हात्तीको चपाउने र देखाउने दाँत वेग्लावेग्लै हुन्छ । त्यस्तै गरी जेनजेडको आन्दोलनको देखाउने दाँतमा बालेन लगायत सुदन गुरुङ्ग आदि देखिएकाछन । उहाँहरु कोबाट र कताबाट परिचालित भएकाछन भन्ने कुरा अहिले सम्म पनि रहस्यमय नै छ ।
नेपालमा हुने हरेक राजनीतिक परिवर्तनमा कुनै न कुनै बिदेशी ताकतको हात हुने कुरा सर्वविदित नै छ । यहि शिद्धान्त अनुसार पनि जेन जेडका बालकहरुलाई परिचालन गर्ने बालेन लगायत सुदन गुरुङ्गहरु सतहमा देखिएता पनि भित्री रुपमा अमेरिकी गैरसरकारी संस्थाहरुको हात भएको चर्चा सामाजिक सञ्जालमा चुलिएकाछन । बिदेशी हष्तक्षेपको कारक तत्व नेपालमा सत्ता कव्जा गरी शासन गर्ने भन्ने विलकुलै रहेको छैन ।
आफ्ना गुलाम दलालहरुबाट कुनै पनि मुलुकको शासन व्यवस्था कव्जा गरी चलाउनु नै बिदेशी हष्तक्षेपको लक्ष हुने गर्दछ । नेपालको सन्दर्भमा बिदेशीहरु उद्देश्य नेपालका राजनीतिक दलहरुले भ्रष्टाचार र कूशासन गर्न छाडेर बिदेशी सहयोगको दुरुपयोग रोकोस भन्ने नै हो । साथमा सामाजिक सञ्जाल नेपालमा निर्वाद रुपम चलोस र यसको स्वतंत्र उपयोगको बिरुद्ध ल्याएको साइवर कानुन निष्तेज परियोस भन्ने उद्देश्य पनि छ ।
सामाजिक सञ्जालबाट बढेको पारदर्शिताले नेपालमा भ्रष्टाचारीहरुलाई नाङ्गेझार पार्न र सुशासन बढाउन ठुलो योगदान पुगेको छ भन्ने कुरा सबैले महसुस गरुन भन्ने चाहाना बिदेशीको पनि रहेको छ । नेपालमा सुशासन बढाउनको लागि सामाजिक सञ्जालले खेलेको भूमिका प्रति दुईमत कसैको पनि छैन । यहि बिचको शक्तिले जेन जेड आन्दोलनमा ब्रेक लगाएको हुँदा जेन जेड आन्दोलन अपूर्ण र मूल उद्देश्यबाट भट्किएको देखिएको छ । त्यसैले जानकारहरु भन्छन जेन जेड आन्दोलन रोकिएको हो र पुरा हुन बाँकी नै छ । पुरानै संबिधान कायम रहेको अवस्थामा सबै भन्दा बढीकानुनी कार्बाहीको खतरा जेन जेडका बालकहरुलाई नै छ ।
नेपालको संबिधान २०७२ अनुसार बनेको र चलेको संघियता र गणतंत्र बिरुद्ध हुने गरी जेन जेडका बालकहरुले आन्दोलन गरेको हुँदा कानुनको नजरमा जेन जडलाई राजनीतिक व्यवस्था बिरोधी मानिन्छ । यसको विपरित भ्रष्टाचार र कूशासन गर्दै आएका दलहरुले भने कानुनी सुरक्षा पाईरहने छन । नेपालको राजनीतिक परिस्थितिको ठोश बिष्लेशन गर्दा खेरी बिस्तारै जेन जेडका बालकहरु प्रहरीको कार्बाहीमा पर्दैजनेछन अनि भ्रष्ट र कुशासन गर्दै आएका प्रमुख तीन दलहरुले पुनस् सत्ता प्राप्त गर्नेछन । जेन जेडले के भुल्नु हुँदैन भने साविकका सबै अड्डा अदालत र प्रहरी प्रशासन दलहरु कै पक्षमा रहेकाछन ।
साथै भ्रष्टाचार र कुशासनबाट लाभ लिएकाहरुमा नेपालका सबै अड्डा अदालत र प्रहरी प्रशासनका निजामती हाकिम र कर्मचारीहरु नै अधिकछन । भ्रष्ट राजनीतिक दलहरु र तिनका महाभ्रष्ट नेताहरुले यसैबाट लाभ उठाएर जेन जेडको आन्दोलन कारीहरुलाई सजिलै तह लगाउन सक्नेछन ।नेपाली जनताले संघियता र गणतंत्रको खरेजी मागेको भएतापनि सुशीला कार्की सरकारले त्यसो गर्न सकीरहेको छैन । जेन जेडका २३ बालकहरुको हत्यामा संलग्न महाभ्रष्ट र कूशासनमा लिप्त भएर लागेको एमाले शीर्ष नेता पूर्व प्रधानमंत्री ओली र उहाँकै नेतृत्वमा चलेको ओली(देउवा सरकारको गृह्यमंत्री रमेश लेखकलाई छुन सम्म पनि सुशीला कार्की सरकार डराईरहेकोछ । ६ महिना भित्र चुनाव गर्ने भन्छन तर नेपालको संबिधान २०७२ अनुसार नै चुनाव गराउँनुको कुनै अर्थ छैन ।
पुरानो संबिधानलाई संसोधन नगरे सम्म सो अनुसार गराएको चुनाव महत्वहिन हुन्छ । जेन जेडका आन्दोलनकारीहरुले यहि कुरा नबुझ्दा जानी जानी आफै खोर भित्र छिर्ने तयारी गर्दैछन । नेपालको संबिधान २०७२ खारेज नै हुनुपर्छ किनकि सबै राजनीतिक फसादको जड भनेकै उक्त संबिधान नै हो । जेन जेडले पहिले यो संबिधानलाई खारेज गर्नुपर्छ अनि मात्रै उहाँहरु दलहरुको षडयंत्रबाट आफ्नो बचाव गर्न सक्छन । संघियता र गणतंत्र खारेज नहुने भएपछिन एमाओवादी दलले स्वयमलाई जेन जेडको अभिभावक भन्न थालेका छ ।
जेन जेडले हावातालमा मागगरी राखेको प्रत्येक्ष कार्यकारी राष्ट्रपति वा प्रधानंमत्रीको चुनावको एजेण्डालाई पनि एमाओवादी दलले आफ्नो एजेण्डा भनेकाछन । यस्तो अवस्थामा एमाओवादी दलका शीर्ष नेता प्रचण्डले जेन जेडको अभिभावक आफु भएको दावी गर्नु स्वभाविक वा मनासिव नै देखिन्छ ।दलहरुको ३६ बर्ष लामो शासन नेपाली जनताले भोगी अनुभव गरीसकेकाछन । दलहरु सुध्रिन्छन भनी कल्पना गर्नु पनि बेकार छ । दलहरुको भ्रष्टाचार र कूशासनले नेपाली जनतको मन अमिलोले झै कुडिएको छ । अब पनि तिनै दलहरुको कुरा सुनेर वा कूशासन भोगेर बसीराख्नु भनेको नेपाली जनताको लागि आत्माहत्या गरेको बराबर नै हुन्छ ।
दलहरुले बिदेशीको कृपा र सहयोगबाट नै नेपालको राजकिय सत्ता हाँसिल गरेका हुन । बिदेशी कै सहायता लिएर नै दलहरुले नेपालमा संघियता र गणतंत्र स्थापना गरेकाहुन । नेपालको मौलिकता बिपरितको राजनीतिक शासन व्यवस्था हुँदा सुरुवाती दिन देखि नै दलहरुको राजनीति लडखडाएको थियो र ३६ बर्ष पार गर्दा सम्म पनि नेपाली जनताले चाहेको राजनीतिक स्थायित्व दिन दलहरुले सकेन । तत्कालिन राजा श्री ५ ज्ञानेन्द्रले नेपालको राजनीतिबाट हात झिकेर अलग भएपछि अहिले सम्म नेपालको राजनीतिमा स्थायित्व आउन सकेको छैन ।
नेपालको राजनीतिमा राजतंत्र नै स्थायित्व दिने अहमकडी भएको हुँदा दलहरुले राजतंत्रलाई हटाउने काम गरी नेपालको राजनीतिलाई स्थायित्व दिने आधार नै भत्काईदिएका थिए । साथै नेपाली जनतालाई सत्ययुग देखि जोडेर राखेको वैदिक सनातनी हिन्दूधर्मलाई पनि धर्मनिरपेक्षता लादेर प्रभावहिन बनाएपछि नेपालको पहिचान नै मेटाउँदै राष्ट्रको अस्तित्वलाई नै दलहरुले संकटमा पारेकाथिए । नेपालको अमर इतिहास बनेको राजतंत्रलाई हटाउन खोज्नु दलहरुको ठुलो मूर्खता थियो । बिदेशीले भन्यो भन्दै त्यसो गर्नु दलहरुको भुल मात्र नभएर महाभुल नै थियो । जेन जेडलाई पनि बिचमा नै अडकाएर दलहरुले आफै जस्तो बनाउने प्रयास गर्दैछन । त्यसकारण जेन जेडले बिदेशीको पनि सुन्नु हुँदैन र दलहरुको पनि सुन्नु हुँदैन ।
नेपालको इतिहास अनुसारको मौलिकताले भरिएको राजनीतिक व्यवस्थालाई प्रथमिकता दिन सक्नु पर्छ । दलहरुको शासनको तुलनामा राजतंत्रको सक्रिय नेतृत्व चलेको पञ्चायती राजनीतिक शासन व्यवस्थाको कामहरुहरु उत्तम थिए । नेपालमा आधुनिक बिकासको जग पञ्चायत कालमा नै तयार भएको थियो । साथै नेपाल राष्ट्र र नेपाली जनतालाई आत्मनिर्भर बनाउने औद्योगिक बिकासको जग पनि पञ्चायत कालमा हालिएको थियो ।
दलहरुको हचुवाको बिकासले पुरानो भरपर्दो बिकासको जगलाई भत्काउने काम मात्रै गरेकोछ । पुरानो आत्मनिर्भर औद्योगिक बिकासको जगलाई पूर्ण रुपले भत्काएर परनिर्भरऔद्योगिक बिकासको पक्षमा दलहरु सबै हार लागेर उभिएकाछन । यसतो राष्ट्रघाती र राष्ट्र बिरोधी दलहरुलाई जेन जेडले बोकेर हिड्नु हुँदैन । राजतंत्र र वैदिक सनातनी हिन्दूधर्मलाई पुनरस्थापित गरी भ्रष्ट आचरण भएका कूशासन गर्ने दलका नेताहरुलाई दण्डित तुल्याउनु पर्छ अनि मात्र जेन जेडको आन्दोलन पूर्ण भएको मानिनेछ ।

