एसीसी यु-१६ मा इन्डोनेसियाविरुद्ध नेपाली ओपनर जैसीको शतक प्रहार, नेपालको तीन सय रन पुरा

खेलकुद समाचार

काठमाडौं । नेपाली युवा खेलाडी प्रसिद्ध जैसीले इन्डोनेसियाविरुद्ध शतक प्रहार गरेका छन् ।

एसीसी यू-१६ इस्ट जोन प्रतियोगिता अन्तर्गतको जारी खेलमा टस हारेर पहिला ब्याटिंग गरिरहेको नेपालका लागि प्रसिद्धले शतक बनाएका हुन् । उनले एक सय ३२ रन बनाएर आउट हुँदा अहिले रौनक श्रीवास्तवले इनिङ सम्हाली रहेका छन् ।

इन्डोनेसियाविरुद्ध आक्रामक ब्याटिंग गरेको नेपाल ठुलो लक्ष्य दिनेतर्फ उन्मुख भएको छ । ३६ ओभरको खेल सकिँदा नेपालले तीन विकेट गुमाएर तीन सय सात रन बनाएको छ । नेपालका लागि अहिले क्रिजमा रहेका रौनकले ८४ रन बनाएका छन् । उनीसँगै क्रिजमा रहेका सुगम बुढाथोकीले एक रन बनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *