काठमाडौं । नेपाली युवा खेलाडी प्रसिद्ध जैसीले इन्डोनेसियाविरुद्ध शतक प्रहार गरेका छन् ।
एसीसी यू-१६ इस्ट जोन प्रतियोगिता अन्तर्गतको जारी खेलमा टस हारेर पहिला ब्याटिंग गरिरहेको नेपालका लागि प्रसिद्धले शतक बनाएका हुन् । उनले एक सय ३२ रन बनाएर आउट हुँदा अहिले रौनक श्रीवास्तवले इनिङ सम्हाली रहेका छन् ।
इन्डोनेसियाविरुद्ध आक्रामक ब्याटिंग गरेको नेपाल ठुलो लक्ष्य दिनेतर्फ उन्मुख भएको छ । ३६ ओभरको खेल सकिँदा नेपालले तीन विकेट गुमाएर तीन सय सात रन बनाएको छ । नेपालका लागि अहिले क्रिजमा रहेका रौनकले ८४ रन बनाएका छन् । उनीसँगै क्रिजमा रहेका सुगम बुढाथोकीले एक रन बनाएका छन् ।

