राजस्व अनुसन्धान विभागको महानिर्देशकमा अब को ?

राजनीति समाचार

काठमाडौं । प्रधानमन्त्री मातहतमा रहेको राजस्व अनुसन्धान विभागमा तस्कर र माफियाहरु हाबि भएपछि राजस्व अनुसन्धान विभागका महानिर्देशक चण्डीप्रसाद घिमिरे तस्कर र माफियाको जालमा परेका थिए । तिनै माफिया र तस्करहरुको जालमा परेर पुस्तौं पुस्तालाई कमाई गरिरहेका छन् । घिमिरे आगामी असार १५ गतेबाट जागिरबाट अवकाश पाउँदै छन् । उनको कार्यकालमा राजस्व अनुसन्धान विभागले राम्रो काम गर्न सकेन । राम्रो काम गर्न नसकेसँगै राजस्व समेत उठाउन नसकेर घिमिरे विवादमा परिनै रहे । घिमिरेको ग्रुपमा तत्कालीन महानिर्देशक दीर्घराज मैनाली राजस्व अनुसन्धान विभागका निदेशक र उपनिर्देशकहरुको सेटिङ्गमा राजस्व अनुसन्धान विभाग चल्ने गरेको थियो ।

तिनै कर्मचारीहरुले तस्करी र माफीयाहरुलाई रिझाएर आ–आफ्नो स्वार्थ पूर्ति गर्दै आएका थिए । अब महानिर्देशक रिटायर भएपछि राजस्व अनुसन्धान विभागले कस्तो रुप धारण गर्छ त्यो हेर्न बाँकी छ । राजस्व अनुसन्धान विभागको महानिर्देश बन्नको लागि आधा दर्जन भन्दा बढी व्यक्तिहरु न्वारन देखिको बल निकालेर लागि परेका छन् । त्यसमा अर्थमन्त्रालयका सहसचिव र प्रधानमन्त्री कार्यालयमा कार्यरत चार जना सहसचिवहरुको लबिङ्ग शुरु भएको छ भने आन्तरिक राजस्व विभागका महानिर्देशक मदन दाहालको नामपनि चर्चामा छ ।

त्यसैगरी श्रम तथा रोजगार मन्त्रालयका सहसचिव कृष्णप्रसाद सापकोटा लगायतको नाम चर्चामा रहेको छ । तिनै चर्चामा रहेका मध्य शक्ति र पावर भिराएर महानिर्देशक बन्नको लागि प्रधानमन्त्री कार्यालयमा धाइरहेका छन् । त्यसमा विनोद लामिछाने, प्रेमप्रसाद आचार्य, नमोराज अधिकारी र शिवदेवी दाहालको नाम व्यापक छ । उनिहरु राजस्व अनुसन्धान विभागको महानिर्देशक बन्नको लागि राजनितिक दलहरुको घर दैलोसँगै माफिया र तस्करहरुको चाकरीमा लिप्तहुन थालेको स्रोतले उल्लेख गरेको छ । अर्कोतर्फ सम्पत्ति सुधिकरण विभागका महानिर्देशक सुमन दाहालको पनि राजस्व अनुसन्धानको महानिर्देशक बन्ने चर्चा छ । यिनै मध्य सरकारले राजस्व अनुसन्धान विभागको महानिर्देशक कसलाई बनाउँछ त्यो प्रतिक्षाको विषय बनेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *